काठमाडौं । हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ,

तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो ।हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा के भन्छन् भनेर सोध्यो भने हामीलाई गाह्रो पर्न सक्छ । सामान्यतया नेपालमा बैंक नै प्रयोग हुन्छ ।

आउनुहोस् जानौँ आखिर नेपालीमा बैंकलाई के भनिन्छ ? जानकारी अनुसार बैंकलाई नेपालीमा अधिकोष भनिन्छ ।नेपाली शब्दकोषका अनुसार अधिकोष भनेको ‘सर्वसाधारणले नगद जम्मा (निक्षेप) गर्ने, निजले मागेमा ब्याजसहित रकम फर्काइदिने र सर्वसाधारणलाई

उचित धितो राखी ऋण दिने आदि काम गर्न कानुनी रूपमा अधिकृत संस्था वा ब्याङ्क’ हो ।अर्कोतिर बैङ्कको अर्थ, ‘ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन, तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्यसम्बन्धी सरकारी वा गैरसरकारी संस्था’ हो ।

यो पनि – माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकले आ.व. २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ ।यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

पहिलोपटक काठमाण्डौँमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ । उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन

बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउदै माछापुच्छ्रे बैंक सधैँ ‘मिनिङफूल मर्जर’का लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको बताए । त्यस्तै बैंकका प्रमुख कार्यकारी

अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनिय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *