पोखरा – पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजका यात्रुलाई उद्धारमा कठिनाइ भएको छ।
पोखरा महानगरपालिका- १५ सितारामपुल नजिकै सेती खोंचमा जहाज दुर्घटना भएको हो।
उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। आगोको मुस्लो दन्किरहेकाे छ।
पानीको फोहोराले आगो निभाउने प्रयास भइरहेको छ।
थप तस्बिरहरू:
पोखरामा विमान दुर्घटना, थप विवरण आउँदै
१ माघ, काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।