काठमाडौं – आज बिहान पोखरामा भएको विमान दुर्घटनामा ज्यान घुमाउनेको सङ्ख्या ६९ पुगेको छ भने ३ जनाको अवस्था अझै अज्ञात छ । आज भएको दुर्घटना प्रति दुख व्यक्त गर्दै लोक तथा दोहोरी गायक शकर क्षेत्रीले टिकट रद्ध गर्न लगाएर आफू दुर्घटना हुनबाट जोगिएको मिडिया मार्फत बताएका छन् । त्यस्तै गायक पशुपति शर्मा र हेमन्त शर्माले पनि टिकट रद्ध गरेकै कारण दुर्घटनामा नपरेको जानकारी गराएका छन् ।

साथै सरकारले आज सार्वजनिक विदा दिएको छ । आईतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । आईतबार चालकदलका चार सदस्यसहित ७२ जना सवार यती एयरको जहाज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका ६६ जनाको शव फेला परेको छ । तर ६ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य अहिले बिहानैबाट सुरु गरिने जनाइएको छ। त्यस्तै भेटिएका मृतकको शव आफन्तलाई बुझाउने तयारी समेत भइरहेको छ । दुर्घटना लगत्तै आईतबार बसेको आकश्मिक बैठकले आज शोक विदा दिने निर्णय गरेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोँचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *