काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

नेपाली सेनाको हेलिकोप्टर

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताउनुभयो । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ ।

नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिनेसमेत बताउनुभयो । उहाँले हरेक वर्ष माघमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत शिविर सञ्चालन गर्ने गरिएको पनि बताउनुभयो ।

यस शिविरबारेमा जानकारी दिन सोमबार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानी गर्ने भएकाले बाथरोगबारे सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरिएको भन्दै बर्सेनि कम्तीम पनि दुई सय २५ जना विपन्न परिवारका बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीले बाथरोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने जोड दिनुभयो । उहाँले बाथरोग उपचारमा वडामा रहेका सबैलाई सहयोग गर्ने बताउनुभयो ।

यसैबीच बाथरोगका क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामा प्रा रत्नशम्शेर राणालाई ‘तीर्थानन्द–वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । बद्री—तीर्थ आर्थराइटिस् समाजका अध्यक्ष बद्रीलक्ष्मी वैद्यले नगद रु २५ हजार र सम्मानपत्रसहितको सो अवार्ड उहाँलाई प्रदान गर्नुभएको हो । रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *