काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँले उठाउँदै आएका प्रश्नको सामना गर्नुपरेको छ ।

उहाँले उपप्रधानमन्त्री धेरै भएको जस्तो लागे आफूलाई त्यसबाट हटाए पनि हुने बताउनुभएको हो ।

उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उहाँलाई सञ्चारकर्मीले प्रश्न गर्नुभयो । विगतमा आफू सञ्चारकर्मी हुँदा उहाँले धेरै उपप्रधानमन्त्री बनाइँदा सवाल गर्ने गरेको स्मरण गराउँदै शनिबार उहाँ आफैँले सो प्रश्नको सामना गर्नुपर्‍यो ।

‘हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईको पालामा त्यस्तै भयो’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उहाँले भन्नुभयो, “उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो ।

राज्यलाइ भार पर्दैन ।” त्यसपछि उहाँले अहिले प्रोटोकल मिलाउन मात्र उपप्रधानमन्त्री बनाएको राज्यका लागि भार नभएको प्रतिक्रिया दिनुभयो ।

रोटरी क्लबद्वारा मनमोहन अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान
रोटरी क्लब अफ रुद्रमतीले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गर्नुभयो ।

द रोटरी फाउन्डेसन, इम्याजिङ रोटरी र स्मिथभिल्ले मेजोरी रोटरी क्लब लगायतले आज मेडिकल बेड (२० वटा), थर्मामिटर (५० वटा), एक्स–रे भ्यू बक्स (पाँचवटा) र युनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरेको हो ।

सोही अवसरमा मन्त्री गिरीले दूर्गम र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याउँदै समग्र नेपालको स्वास्थ्य सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने सरकारको मुख्य योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा छ, देशको स्वास्थ्य क्षेत्र नाजुक छ, यसबारेमा सरकार सचेत छ, स्वास्थ्य क्षेत्रको सुधार मेरो पहिलो प्राथमिकता भएको छ ।”

मन्त्री गिरीले अब सरकारले छिट्टै स्वास्थ्य बीमालाई निरन्तरता दिने र बीमामार्फत स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जीर्ण अवस्थामा रहेको कीर्तिपुर, दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक पुनःनिर्माणका निम्ति पहल गर्ने आश्वासनसमेत दिनुभयो ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले दक्षिणकाली हुँदै हेटौँडा जाने बाटो निर्माणका लागि पहल गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले दक्षिणकाली नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने योजना सुनाउँदै सहयोगका निम्ति सङ्घ र प्रदेश सरकारसँग अपिल गर्नुभयो ।

रोटरी डिस्ट्रिकका गभर्नर जितेन्द्रबहादुर राजभण्डारी र सोही डिस्ट्रिकका पूर्वगर्भनर दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लबले खासगरी शिक्षा, स्वास्थ्य, वातारण, शान्ति तथा द्वन्द्व र बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष शाहीले स्वास्थ्य बीमालाई निरन्तरता दिनाका साथै आफ्नो अस्पतालले सुरु गर्न लागेको ‘डाइलासिस’ सेवा सञ्चालनका निम्ति आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो ।

रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष किशोर त्रिपाठीले अहिले क्लबले मेडिकल उपकरण मात्रै सहयोग गरे पनि आगामी दिनमा अन्य विविध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा मन्त्री गिरीले अस्पतालको निरीक्षण पनि गर्नुभएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *