कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गरे ।

काठमाडौं महानगरपालिकाका मेयर साहले डोजर आ-तंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागे।

त्यही साहविरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरे । उनले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव दिए ।

आम नागरिकको प्रश्नको उत्तर दिएर पाँच वर्ष चुड्कीमै जान्छ भन्ने आसय राखे । आशा गरिएका मेयरसाहमाथि भत्काएको बाहेक बनाएको केही देखिएन भन्ने गुनासो गर्ने बढेको भनेर मेयर साहलाई सुझाव दिएका थिए । तर डोजर आ-तंक मचाइरहेका मेयर बालेन साहलाई उनको सुझाव पचेन ।

मेयर साहले निर्देशक भण्डारीले पोष्ट गरेको स्टाटसमा अमर्यादित जवाफ दिएका छन् । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले उल्टै निर्देशक भण्डारीमाथि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’

उनको यो जवाफले निर्देशक भण्डारी चकित छन् । उनले आफूले मेयर साहबाट यसप्रकारको जवाफको अपेक्षा नगरेको बताए । मेयर साह पछिल्लो समय जथाभावी डोजर चलाएको भन्दै वि-वादित बनेका छन् ।

हिजो शुक्रबार काठमाडौं महानगरको नगरसभा चलिरहेको सभागृहबाहिर मेयर विरुद्ध स्थानीय आन्दोलनमा उत्रिए । मेयर साह यतिमै रोकिएका छैनन् ।

उनको यो जवाफ पछि भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै अर्को प्रश्न गरेका छन् । निर्देशक भण्डारीलाई माद-क प-दार्थ सेवन गरेर स्टाटस लेखेको आ-रोप समेत लगाएका छन् ।-

सुनाखरी दुःखान्त

अर्किड्स विज्ञ नै यसका फूल र बोटबाहेक अन्य भाग चिन्दैनन्, विश्वविद्यालयको पाठ्य सामग्रीकै कमजोरी हो यो ।

अर्किड्सका फूल सुन्दर हुन्छन् । जति सुन्दर हुन्छन्, उत्तिकै बहुमूल्य । जैविक औषधीय रसायन खोजकर्ताले यसका पात, जरा गानो/ट्युबर, काण्ड गानो (सिउडोबल्ब) बाट महत्त्वपूर्ण औषधि बनाएका छन् । त्यसैले अत्यधिक रूपमा संकलन भई यसको अवैद्य व्यापार हुने गरेको छ ।

इन्डोनेसियाको बालीनजिकै लोम्बोक टापुको जंगलमा भान्डा लोम्बोकेन्सिस् भन्ने वनस्पति थियो । लोम्बोकमा मात्रै पाइने यो अत्यन्तै सुन्दर फूल फुल्ने अर्किड्स प्रजातिमा पर्थ्यो ।

विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार, मानव गतिविधि र ज्वालामुखीका कारण सन् २०२० यता यो प्रजाति लोप हुन पुग्यो । सन् २०१९ मा जिम्बाबेबाट एइरान्थस अफ्रिकाना र एइरान्थस पार्केसी पनि हराए । भुटानलगायत पूर्वी हिमालयमा पाइने इयुलोफिया स्टेनोपेटाला र भारतमा मात्रै पाइने पेफियोपेडिलम ड्रर्अ्यी पनि दशकयता लोप भएका छन् ।

यी प्रजाति अति संकटापन्न थिए । करिब ४ दर्जन अति संकटापन्न अवस्थाका अर्किड्स प्रजाति केही दशकयता लोप भएको आशंका छ । हामीकहाँ करिब ५ सय अर्किड्स प्रजाति छन् । तीमध्ये १९ प्रजातिका रैथाने अर्किड्स भएको अभिलेख छ ।

दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अर्किड्सलाई संसारैभर संकटापन्न वनस्पति मान्दै अनुसूची १ र २ मा समावेश गरेको छ । राज्यले हामीकहाँ अहिलेसम्म समग्र अर्किड्स प्रजाति कस्ता अवस्थामा छन् भन्ने अध्ययनको चाँजोपाँजो मिलाएको सुनिएको छैन । बरु प्रशस्त मात्रामा अर्किड्स संकलन भई विदेश निर्यात भइरहेको छ ।

सरकारले दुर्लभ तथा संकटापन्न वन्यजीवको अवैद्य व्यापार नियमन र नियन्त्रण गर्न संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन र नियमावली २०७३ र २०७६ मा जारी गरेको छ । यसअनुसार, साइटिस अनुसूची १ मा समावेस वन्यजीवलाई राज्यको साइटिस व्यवस्थापन निकाय र वैज्ञानिक निकायको सिफारिस आधारमा ओसारपसार गर्न मिल्छ ।

तर, निकासी गर्न चाहनेले इजाजतपत्र लिनुभन्दा पहिले पैठारी गरिने देशले पनि सम्बन्धित देशमा पैठारी गर्न दिएको अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ । साइटिस व्यवस्थापन निकाय वन विभाग र वनस्पतिको साइटिस वैज्ञानिक वनस्पति विभाग हो । अनुसूची २ मा समावेश वन्यजीव वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तित्वमा खतरा छैन भन्ने सुनिश्चित गरेपछि मात्रै साइटिस व्यवस्थापन निकायबाट निकासी अनुमति दिने प्रावधान छ । नेपाल सरकारले २०७३ यता अर्किड्स संकलन तथा निर्यात अनुमति दिएको छैन ।

अर्किड्सको नेपाली नाम सुनाखरी/सुनगाभा/जीवन्ती/गामाडोल/पाँचऔंले लेखिएको छ । ग्रिनहुड नेपाल नामक एक संस्थाले नेपालमा २०७३ यता अर्किड्स अवैद्य रूपमा ओसारपसार भइरहेको छ, छैन भन्ने अध्ययन ३ वर्षअघि सुरु गरेको थियो ।

अध्ययनका क्रममा काठमाडौंमा औषधिजन्य वनस्पति कारोबार गर्नेहरूबाट अर्किड्सको व्यापार भइरहेको छ भन्ने केही संकेत पाइयो । निकैपटक मकवानपुर आवतजावतपछि एक स्थानीय व्यापारीको घरमा अर्किड्ससहित अन्य औषधिजन्य वनस्पति संग्रह गरेको भेटियो । जे जति देखियो र जानकारी पाइयो, त्यसले अर्किड्सलाई साइटिस सम्बन्धी ऐन तथा नियमावलीमा प्रवेश नगरी कारोवार भइरहेको पाइयो ।

निकै भलाकुसारीपछि व्यापारिक वनस्पति हेर्न पाइयो । ती धेरैजसो अर्किड्स नै थिए । कुनै अर्किड्सका काण्ड, कुनैको जरा गानो (ट्युबर) तथा कुनैको सिउडोबल्ब अर्थात् काण्ड फुलेको भाग । अर्किड्स जाति हो भन्ने स्पष्टै चिनियो, तर प्रजाति छुट्याउन सकिएन । कारण फूल थिएन ।

फूल नभएपछि प्रजाति अक्सर चिन्न सकिन्न । एक जातिको अर्किड्स भने एकतले घरको छत पूरै ढाकेर आलुका दानाजस्तो सुकाएर राखिएको थियो । नाम शक्तिगुम्बा बताइयो । त्यो अर्किड्सको प्लिउनी जातिअन्तर्गतको हो भन्ने त तुरुन्तै थाहा पाएँ । संयोगले एउटा फूलभेटियो ।

नेपालमा प्लिउनी जातिअन्तर्गत एक रैथानेसहित ५ प्रजाति छन् । फूलचाहिँ प्लिउनी प्राइकोक्स प्रजातिको थियो । सुकाइएका सिउडोबल्ब धेरैजसो प्लिउनी प्राइकोक्सको थियो । अन्य प्लिउनी प्रजाति ठम्याउन सकिएन । प्लिउनी जाति रूखमा, पहरामा उम्रन्छ । यसको जराभन्दा केही माथि सिउडोबल्ब अर्थात् काण्ड गानो हुन्छ । नेपालमा मात्र पाइने प्लिउनी कोरोनारिया हो । यसको पनि व्यापार भइरहेको छ, छैन त्यहाँसम्म गहिरिएर खोज तलास गर्न सकेनौं ।

नेपालको रैथानै शक्ति गुम्बा ।

यो त अर्किड्सजस्तो छ नि ? भन्दा अनकनाउँदै ती व्यापारिले भने, ‘अर्किड्स संकलनमा केही वर्षदेखि सरकारबाट बन्देज लगाएको छ । के कानुन बनाएको छ अरे, त्यसअनुसार अर्किड्स किनबेच गर्न पाइन्न भन्छ बनका कर्मचारीहरू र शक्तिगुम्बालाई संकलन गर्न पानी अमलाको नाममा पुर्जी बनाएको छु, सबैले यसरी नै बनाउने गरेका छन् ।’ यस्तो जानकारी न कहिल्यै सुनेका थियौं, न कुनै अनुसन्धानकर्ता वा मिडियाकर्मीले नै थाहा पाएका थिए ! यो त स्थानीय संकलकलाई मात्र होइन, नेपाल सरकारलाई पनि अपराध कर्ममा फसाइएको भन्ने लाग्यो ।

पानी अमला । तस्बिर : कमल मादेन

पानी अमला उन्यु वर्गको वनस्पति हो । यसको वैज्ञानिक नाम नेप्रोलेपिस कोर्डिफोलिया हो । यसको जरामा ससाना गोला, चिल्ला मट्याङ्ग्राभन्दा केही साना फुस्रा, चिल्ला दाना हुन्छन् । तिर्खा लागेका बेला त्यो चपाएर खाइन्छ । पानी अमलाको निकासी प्रतिकेजी दस्तुर ३ रुपैयाँ हो ।

सरकारले खटाएका कर्मचारीले शक्तिगुम्बालाई पानी अमलाका नाममा संकलन तथा निर्यात अनुमति दिंदा रहेछन् । वन विभागको महानिर्देशक दीपेशमणि त्रिपाठीले वन विभागले अहिलेसम्म अर्किड्सलाई पानी अमलाको नाममा संकलन अनुमति दिएको कतै जानकारी नभएको बताए । उनले यो अपराध हो, यसलाई कानुनी दायरामा ल्याउनुपर्छ भने । संविधानअनुसार वनजंगलको कामकारबाही डिभिजन वन कार्यालयबाट हुने गरेको छ ।

शक्तिगुम्बा काँचै प्रतिकेजी ३,४ सय रुपैयाँमा खरिद हुने रहेछ । ४ केजी सुकाउँदा निर्यातको निम्ति १ केजीजति बन्दो रहेछ । सुकेको ४,५, हजारदेखि प्रतिकिलो ८ हजारसम्ममा पाइने रहेछ । पहिले एउटै गाउँबाट टनका टन संकलन हुन्थ्यो, हिजोआज धेरै कम भएकाले कैयन ठाउँबाट संकलन गरेपछि मात्रै १ टन पुग्दोरहेछ । अर्का एक व्यापारीले डेन्ड्रोबियम जातिको अर्किड्स, जसको काण्ड मसिनो र आँख्ला छोटो हुन्छ, त्यो प्रतिकेजीे केही वर्षअघिसम्म ४० हजारसम्म बेचेको बताए ।

शक्ति गुम्बा । तस्बिर : कमल मादेन

सेटारिया नेपालेन्सिसलाई गामडोल भनिँदो रहेछ । यो भुइँमा हुने सुनाखरी हो । यसको जरामा गानो हुन्छ । यो प्रतिकेजी २, ३ हजार रुपैयाँमा बिक्री हुनेरहेछ । गोर्खाको उच्च हिमाली गाउँहरूमा पाँचऔंलेलगायतका अर्किड्स संकलन गरिएको पाइयो ।

पूर्वप्रकाशित जानकारीसंश्लेषण गर्दा नेपालमा व्यापारसँग जोडिएका अर्किड्स ४९ जाति तथा १४६ प्रजातिको नाम जुटाउन सकियो । तर, स्थलगत रूपमा १ दर्जन जति अर्किड जाति व्यापारमा प्रयोग भएको पाइयो । नेपालमा बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया र ह्याबनेरिया जातिका क्रमशः ४०, २७, १०, ३४, ५ र २० जति प्रजाति सूचीकृत छ ।

मकवानपुरमा शक्ति गुम्बा सुकाइँदै । तस्बिर : कमल मादेन

हामीले जुटाएको पूर्वप्रकाशित जानकारीमा नेपालबाट व्यापार भइरहेको बुल्बोफाइलम, सिलोगाइन, सिम्बिडियम, डेन्ड्रोबियम, गुडेरिया, ह्याबेनारिया आदि जातिका क्रमशः ६, १३, ८, २८, ३, ८ प्रजाति छन् । यस्तै, वन नियमावली २०७९ मा सुनडाँठे गानोको राजस्व दस्तुर प्रतिकिलो १० रुपैयाँ उल्लेख छ । यसको वैज्ञानिक नाम ग्यास्ट्रोडिया इलाटा लेखिएको छ । यसलाई अर्किड्सभन्दा अलग्गै राखिएको छ । तर, यो भुइँमा पलाउने हरितकणविहीन अर्किड्स हो । वन नियमावलीले यसलाई अर्किड्स भनेर चिनेन । चिनेको भए, अर्किड्स भनेर सँगै लेख्थ्यो । यो नेपालबाट अत्यधिक मात्रामा चीन निर्यात हुने गरेको अनुसन्धानात्मक लेखहरूमा पाइन्छ । विडम्बना भन्नुपर्छ नेपाली वनस्पति विज्ञले यसको तस्बिरसम्म खिचेका छैनन् ।

व्यापारीले मात्रै चिन्छन्

दक्षिण एसियाली सरकारले दक्षिण एसियामा वन्यजीव अपराध नियन्त्रण गर्न साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेन) स्थापना गरेका छन् । सचिवालय नेपालमा भए पनि यसको भूमिका खासै देखिएको छैन । नेपाल सरकारले वन्यजीव अपराध नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण संरचना नेसनल वाइल्डलाइफ क्राइम कन्ट्रोल कोर्डिनेसन कमिटी बनाएको छ । यसको मातहतमा अहिलेसम्म विभिन्न जिल्लामा करिब ३६ वटा वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्लूसीसीबी) बनेको छ ।

पंक्तिकार केही महिनाअघि डब्लूसीसीबीको एक बैठकमा आमन्त्रितका रूपमा उपस्थित भएको थियो । छोटो मन्तव्य राख्ने क्रममा नेपालमा अर्किड्स अवैध रूपमा अत्यधिक संकलन तथा ओसारपसार र व्यापार भइरहेको कुरा चर्चा गरियो । उपस्थितमध्ये एक सुरक्षा निकायका प्रमुखले ‘अर्किड्स पनि वाइल्डलाइफअन्तर्गत पर्छ भन्ने पहिलोपटक सुनें’ भने । अर्का सुरक्षा निकाय सम्बद्ध व्यक्तिले अर्किड्स कस्तो हुन्छ, राम्ररी नचिनेको बताए । एरिया डिभिजन वन कार्यालयका कर्मचारीले अर्किड्स सामान्य चिनेको, तर यो के कति किसिमिको हुन्छ, थाहा नभएको बताए ।

वन विज्ञान अध्ययन गर्नेमध्ये विशेष रुचि भएका बाहेक अन्यले अर्किड्सबारे खासै जानकारी राख्दैनन् । वनस्पति विभागमा वनस्पति विज्ञान पढ्नेहरूको बाहुल्य छ । यो विभागमा पनि अर्किड्सलाई सामान्य रूपमा चिन्ने मात्रैको बाहुल्य छ । विडम्बना यो विभागको सिनियर कर्मचारी अक्सर वन विज्ञान पढ्ने हुन्छन् । नेपालको साइटिसको व्यवस्थापननिकाय र वैज्ञानिक निकायको अवस्था यस्तो भएपछि डब्लूसीसीबीका प्रतिनिधिहरूले अर्किड्स साइटिस अन्तर्गतका वन्यजीव हो भनेर कसरी थाहा पाउँछन् र चिन्छन् ?

अर्किड्स विज्ञ नै यसका फूल र बोटबाहेक अन्य भाग चिन्दैनन् । यसो हुनु भनेको विश्वविद्यालयको पाठ्य सामग्रीकै कमजोरी हो । विश्वविद्यालयमा अध्यापन गरिने सामग्रीमा अर्किड्स सम्बन्धी जानकारी १, २ सय वर्षअघि लेखिएकै स्वरूपमा छ । जमिनमा हुने अर्किड्सको जरा गानो अर्थात् ट्युबर हुन्छ भन्ने लेखिएका छन् । कुन जातिको जरा गानो कस्तो आकृतिको हुन्छ ? त्यो सुक्दा कस्तो देखिन्छ ? अर्किड्स पिँधेको पाउडर कस्तो रंगको हुन्छ ? कस्तो बास्ना आउँछ ? विश्वविद्यालयका पाठ्य सामग्रीमा कतै लेखिएको छैन ।

अर्किड्समा विद्यावारिधि गर्नेहरू नेपालमा १ दर्जन जति छन । उनीहरू पनि प्राकृतिक र हर्बेरियममा सजाइएका नमुना मात्र चिन्छन् । यस्तो अवस्थामा अर्किड्सको अवैध कारोबार नियमन र नियन्त्रण गर्न सरकारले मलेकुलर लेवल अध्ययन गर्ने औजार व्यवस्थापन गर्नुपर्छ । वन विभागको उपमहानिर्देशक नवराज पुडासैनीले अर्किड्सको अवैद्य कारोबार रोक्न सबै भन्सार नाकाहरूमा वन्यजीवको मलेकुलर तह परीक्षण गर्ने प्रणाली स्थापना गर्न आवश्यक रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका छुट्टाछुट्टै ३ विभागले प्रकाशन गरेको पुस्तिकमा अनुसूची अर्किड्सबारे जानकारी लठिभद्र छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (२०७१) ले साइटिस अनुसूचीमा सूचीकृत ‘नेपालका दुर्लभ वन्यजन्तु र वनस्पति’ शीर्षक पुस्तिकाको अनुसूची १ मा अर्किड्सको पेफिओपेडिलम फेरियनम र पेफिओपेडिलम भेनुस्टम समावेस छ (पृष्ठ १७) । वन विभागले प्रकाशन गरेको ‘नेपालमा साइटिस कार्यान्वयन एक परिचय’ शीर्षक पुस्तिका (२०७५) को अनुसूची १ मा पेफिओपेडिलम इन्सिज्ने र पेफिओपेडिलम भेनुस्टम समावेश छ । तर, अघिल्लोचाहिँ नेपालमा नपाइने जनाइएको छ । यस्तै, वनस्पति विभागले ‘चेकलिस्ट अफ साइटिस लिस्टेड फ्लोरा अफ नेपाल’ (सन् २०१७) शीर्षक पुस्तिका प्रकाशन गरेको छ । यो पुस्तकमा अनुसूची १ मा पेफिओपेडिलम भेनुस्टम मात्र समावेश छ । यस्तै, अनुसूची २ मा फरकफरक तथ्यांक संख्या छ ।

वनस्पति विभागले प्रकाशन गरेको पुस्तिकामा त अनुसूची १ समावेशबाहेक अन्य अर्किड्स अनुसूची २ का हुन् भन्ने पनि उल्लेख छैन । उक्त पुस्तिकमा नेपालमा पाइने अर्किड्स प्रजातिमध्ये एकतिहाइ जति मात्र अनुसूची २ मा समावेश छ । जब कि संसारभरका प्राकृतिक बासस्थानमा पाइने अर्किड्स प्रजाति अनुसूची १ र २ मा समावेश छन् ।

साइटिसले १४ फेब्रुअरी २०२१ मा जारी गरेको जानकारीअनुसार, अर्किड्सका ६ जातिका १, १ प्रजाति, अर्को १ जातिको २ प्रजाति र पेफिओपेडिलम तथा फ्राग्मिपेडिलम जातिका सबै प्रजातिहरू अनुसूची १ मा समावेश छन् । पेफिओपेडिलम र फ्राग्मिपेडिलम जातिका क्रमशः ८२ र २४ प्रजाति छन् । यसअनुसार, साइटिस अनुसूची १ मा आजका दिनसम्म जम्मा ११४ प्रजाति समावेश छन् ।

देशविशेषमा भएका सबै वन्यजीवलाई वातावरण सन्तुलनका निम्ति जोगाउँदै यसको फाइदा राष्ट्रले लिनुपर्छ । तर, नेपालमा साइटिस कार्यान्वयन गराउने निकायले अर्किड्स पहिचान गर्नै नसकेको अवस्था छ । सीमित व्यापारी र विशेष गरि विदेशी व्यापारी मात्रै यसबाट लाभान्वित भइरहेका छन् ।

सन् १९८० ताका पूर्वी नेपालबाट मात्र करिब १ सय ट्रक अर्किड्स भारततर्फ निकासी हुन्थ्यो । त्यसबेला एउटा ट्रकले ८ टनसम्म बोक्थ्यो । १ सय ट्रक भनेको करिब ८ सय टन जति हो । अब राज्यले के कति अर्किड्स बचेको छ, त्यसको अध्ययन गरी साइटिससम्बन्धी ऐन, कानुन कडाइका साथ कार्यान्वयन गराउनुपर्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *