काठमाडौं – काठमाडौं- अभिनेता अनमोल केसीले फिल्म ‘एक्स नाइन : लेभल वान’ छोडेका छन् । फिल्म निर्धारित समयमा छायांकन सुरु हुन नसकेको भन्दै उनले फिल्बाट बाहिरिएको बताएका छन् ।

उनका अनुसार २०२१ को अक्टोबरमै सुटिङ हुनुपर्नेमा काम नै अगाडि बढ्न सकेन । आफूले अन्य प्रोजेक्टहरु पनि गर्नुपर्ने भएकाले फिल्ममा काम गर्न नसकेको उनले बताएका छन् । ‘सम्झौता त एक वर्षअघि नै सकिएको थियो । सुटिङ पनि सरेको सर्‍यै भयो । फेरि पनि जाने सम्भावना देखिएन,’ अनमोलले भने ।

अनमोल केसी फिल्म ‘एक्स नाइन’बाट बाहिरिए पछि र्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् । समयमै फिल्म छायांकन सुरु नभएको भन्दै अनमोलले फिल्म छाडेपछि भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेको र अहिले यसका लागि उनले सर्त राखेको बताइएको छ ।

यसअघि घोषणा भएअनुसार बलिउड अभिनेता सुनिल सेट्टी पनि फिल्ममा हुनुपर्ने । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ मा काम गर्न राजी भएको बताइएको छ । लिड एक्टरले नै फिल्म छाडेपछि ‘एक्स नाइन स् लेभल वान’को भविष्य अन्योलमा परेको थियो।

फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी गरेको बताइएको छ । फिल्म गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्ने छ । एक्स नाइन’बाट बाहिरिएका अनमोलले पेश्की रकम पनि निर्मातालाई फिर्ता गरेको बताएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *