काठमाडौं : सबै उमेर समुहका मानिसमा आँखाको दृष्टि धमिलो देखिने वा तिरमिर देखिने समस्या हुनसक्छ । यसलाई कतिपयले सामान्य सम्झेर हेलचेक्र्याईं गर्ने गरेको पनि पाइन्छ । यस्तो समस्या उमेर बढेसँगै बढी देखा पर्दछ । तर पछिल्लो समय कम उमेर वा बच्चा बेलादेखि नै आँखा धमिलो देखिने समस्या बढ्दै गएको छ ।

यस्तो समस्या किन देखिन्छ र कसरी जोगिने आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठका सुझाव: यही कारणले मात्र आँखा धमिलो वा तिरमिराउने हुन्छ भन्ने छैन । यसका धेरै कारण छन् । यस्तो समस्या उमेर अनुसार फरक पर्न पनि सक्छ । तर चिकित्सकीय भाषामा अल्छे वा कमजोरी आँखा हुनु नै आँखा धमिलो हुने प्रमुख कारण हो ।

आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छन्:
सुरुसुरुमा आँखा चिलाउनेआँखा दुख्ने,आँखा रातो हुने,आँखा धमिलो हुने,टाउको दुख्ने,आँसु बगिरहने,

आँखा धमिलो हुने कारण:

कमजोर आँखा,आँखामा संक्रमण हुनु,मोतिबिन्दु हुनु,जलबिन्दु हुनु,आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु,आँखाको नशामा समस्या आउनु,वंशाणुगत गुण

आँखा धमिलो हुनबाट बचाउने उपाय :
आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने,सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने,उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने,मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने,स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने,सन्तुलित र स्वस्थ खानामा ध्यान दिने,आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न,तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ,थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ,समयमै सचेत हुनु बुद्धिमानी हुन्छ । डा.निशा श्रेष्ठ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *