काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्।
मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ।मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ।’
छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन्। आफू गायिका बन्नकै लागि जन्मेको भन्दै स्वरले साथ दिँदासम्म कसैले अवसर नदिएपनि एक्लै कोठामा गाउने,युतुबमा आफ्नै युट्युब गाउने भन्दै जिकिर उनले गरेकी छन्।
उनले फेसबुकमा “स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।” लेखेकी छिन ।
आफूलाई अपशब्द प्रयोग गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै कसैलाई पनि अपशब्द प्रयोग गरेर गाली गलौज गर्ने अधिकार नरहेको जनाएकी छन्। साथै नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन्।