सचिन परियारको अवस्था ठिक भएको छ, अवस्था ठिक भएपनि बिबाद भने चर्किएको छ, सचिनको एस्तो अवस्था कसरि भयो ? र सचिनको उपचारको लागि उठेको पैसामा घोटाला सम्बधि बिषय अहिले चर्चाको बिषय बनेको छ ।

सचिनको आमाको र फुपुको केहि समय पहिले चर्काचर्की परेको थियो । अहिले भने सचिनको सचिनको कान्छा काका मिडियामा आएका छन् ।

पछिल्लो समय बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियार हातखुट्टा दुख्ने र नचल्ने भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । सचिन हल्का बोल्नसक्ने भएका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले पनि उपचार भइरहेको छ। खर्चको अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भएको थियो । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ। यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो।

सचिनका बाबू आमा अहिले भने एकसाथ मिडियामा आएका छन । छोरो अन्तिम अबस्थामा पुगेपछी मात्र आएका सचिनका बाबू तेजेन्द्र कहाँ थिए त यत्तिका दिन ? तेजेन्द्रले रुदैरुदै सचिनलाई यस्तो होला भनेर सपनामा पनि नसोचेको बताए ।

उनी आफै पनि बिरामी रहेकाले यत्तिका दिन उपचारको क्रममा नयाँ दिल्लीमा रहेक उनले बताए । उनले सचिनलाई पीर नगर भन्दै सान्त्वना पनि दिए । छोरालाई बिरामी हुनुभन्दा मलाई भएको हुन्थ्यो भन्दै खुब रुएका थिए तेजेन्द्र ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *