काठमाडौ। पछिल्लो केहि समय देखि बिबादमा रहेकी समिक्षा अधिकारी र पल साहको बिषय निकै लामो समय तात्यो। उनले पललाई बलत्कारको केसमा जेल पनि पुर्याइन। अहिले पनि पल जेलमै छन्। धेरैले फरक तरिकाले अड्कल बाजी पनि काटे तर यो बेला भने समिक्षाले मिडियामा आएर केहि बिचार प्रस्तुत गरेकी छिन।
उनि निकै इमान्दारी गायिकाको रुपमा दोहोरी क्षेत्रमा परिचित छिन। पल शाह आफुलाई धेरै मन पर्ने र पल प्रति केहि गलत टिप्पणी गर्दा चित्त दुख्ने समेत समीक्षाको भनाइ रहेको छ। अहिले समिक्षालाई धेरैले १० लाख भनेर कुरा काट्ने गर्छन। तर, पनि कुराकानीको क्रममा उनले आफु लाई निरन्तर भिडियो खेलेर अगाडी बढ्न पलसंग अझै धेरै सुहाएको बताएकी हुन्।
आफुले पलसंग पहिलो गीत पनि नरेश खातिकै सृजनामा अभिनय गरेको बताएकी हुन्। यो समयमा समिक्षा र नरेशको नया गीत बजार मा आएको छ,माया मारेर गीत हिट भए संगै समिक्षा र नरेशले गाएको र अभिनय गरेको हाम फालेर बजारमा आएको हो।
गीत संग जोडिएर नरेशले भने ‘माया मारेर भाग २ बनाउने सोचेको यो गीत ढिला भएको कारण भाग २ भनेर नामकरण गर्न सकिन तर मैले १२ बर्ष देखि यही क्षेत्रमा लाग्दै गर्दा मेरो अहिले सम्मकै उत्कृष्ट गीत लागेको छ, रोएर लेखेको गीत हो यो मेरो’।
समीक्षाले आफु र पल साह खेलेको नया गीत आउने पनि जानकारी दिएकी छिन, कुराकानीकै क्रममा उनले आफ्नो जोडी संगको नया गीत अब छिट्टै आउने बताएकी छिन् उनले हसाउदै भनिन ‘बल्ल पलजी संग जोडी सुहाउने भएकी छु।’ समिक्षाले आफुलाई गायिकामै निरन्तरता दिने र चलचित्र खेल्ने सपना तत्काल न देखेको पनि बताएकी छिन।
बिस्तृत जानकारीको लागि हेर्नुहोस भिडियो