काठमाडौं – मोटरसाइकल दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठ उपचारकै क्रममा अपरान्ह बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन्।

श्रीमतीसंग नेपालको मन्चमा छमछमी नाचे भारतीय अभिनेता गोबिन्दा (भिडियो सहित)

काठमाण्डौ/ सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन र मेगा अडिसन हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भईरहेको छ । सुपर डान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक तथा बालबालिका लक्षित शो सुपर डान्सरको आधिकारिक नेपाली संस्करण हो । अडिसन र मेगा अडिसनका एपिसोडहरु प्रसारणमा आए संगै यो शो को चर्चा चुलिएको छ ।

सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई भनेर समेत चिनिएका गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदैछन् । उनिसंगै नेपाली चेली (उनको श्रीमती) सुनिता समेत शो मा देखिदै छिन । हरेक बिहिवार र शुक्रवार कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको प्रोमो पनि सार्बजनिक भएको छ ।

सार्बजनिक प्रोमोमा गोबिन्दाले नेपाली बोल्दै रमाइलो गरेका छन् भने श्रीमतीसंग स्टेजमा छमछमी नाचेका छन् । बलिउडका सुपरस्टार अभिनेता गोबिन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित छन्, उनका थुप्रै सिनेमा सफल त छन् नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारणले समेत उनि सबै माझ थप चर्चित छन् ।

देशभरबाट छानिएका सयौ डान्सरहरु बाट अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शो ले छानिसकेको छ । आउदो बिहिवारबाट प्रतिष्पर्धीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ ।

भिडियो हेर्नुहोस्..

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *