आज बिहिबार सुनको भाउ १ लाख ६ हजार ९ सय पुगेको छ। जुन हालसम्मकै उच्च हो।
यस अघि माघ १० गते मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च मुल्यको रेकर्ड तोड्दै सुनको मुल्यले आज नयाँ रेकर्ड राखेको हो। आज छापावाल सुन तोलामा ७ सय बढेर प्रति तोला १ लाख ६ हजार ९ सय पुग्दै नयाँ रेकर्ड कायम गरेको हो ।
आज तेजावी सुनको मूल्य पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ६ हजार ४ सय कायम भएको छ। त्यस्तै चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार ६ सय ५०, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार २ सय २० र १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ कायम गरेको छ।
मृ’त्युअघि प्रेम आचार्यले मन्त्री डा. तोसिमालाई २ मि’नेट ३८ सेके’न्डसम्म भनेका थिए स’बै नालीबेली (भिडियो सहित)
उनी हुन्, मंगलबार दिउँसो करिब ३ बजे संसद् भवनअगाडि आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्य। त्यहीबेला स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की उनलाई भेट्न पुगिन्। ‘प्रेम दाइ, म आकी छु है म तोसिमा कार्की!’ मन्त्री कार्कीले उनलाई भनिन्। आचार्यले तुरुन्त जवाफ फर्काए, ‘मैले चिनेँ।’
आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेका थिए। आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो। अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका थिए।
उनले आफ्नो स्टाटसमा नयाँ सरकारका केही प्रतिनिधिको नाम समेत उल्लेख गरेका थिए। जसमध्ये एक थिइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा. कार्की। त्यसैले मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. कार्की आचार्यलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगिन्।
आचार्य होसमै भएकाले उपचारमा संलग्न चिकित्सकहरुले मन्त्रीलाई बिरामी भेट्न दिए। राज्यमन्त्री कार्कीलाई चिन्नेबित्तिकै आचार्य केहीबेर बोलिरहे। उनले आफ्नो स्टाटसमा लेखिएकै कुराहरु दोहोर्याए। ‘मेरा सबै भोगाइहरु लेखेको छु, मैले के गल्ती गरेँ, प्रगति गर्न खोजेँ तर मैले सकिनँ,’ उनले भने।
राज्यमन्त्री कार्कीले उनलाई सम्झाउने प्रयत्न गरिन्, ‘किन यस्तो गर्नुभएको? हामी थियौँ, राज्य थियो नि।’ उनी बोलिसक्न नपाउँदै आचार्यले जवाफ फर्काए, ‘कसैले सुन्दैनन्, कसैले सुन्दैनन्।’ राज्यमन्त्री कार्कीले भनिन्, ‘हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौँ, यस्तो गर्नुहुन्थेन।’ पीडाले छटपटाइरहेका उनको अक्सिजन लगाइएको मुखबाट बेलाबेला मधुरो स्वरमा ऐया! ऐया! निस्किरहेको थियो।
घाइते आचार्य बोलिरहँदा उनको आँखा बन्द थियो। राज्यमन्त्री कार्कीले आँखा खोल्न आग्रह गरिन्, उनले आँखा खोले। ‘मलाई निकै दुखेको छ। पेनकिलर दिनू,’ उनले भने। उनलाई भेटेपछि राज्यमन्त्री कार्कीले केहीबेर चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। उपचारमा कुनै कसर बाँकी नराख्न भनिन्।
निस्कने बेलामा राज्यमन्त्री कार्कीले आचार्यलाई भनिन्, ‘डाक्टर साबहरु यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गर्छौँ।’ अचार्यले राज्यमन्त्री कार्कीसँग भने, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।’ राज्यमन्त्री कार्कीले उनलाई ढाडस दिइन्, ‘हामी छौँ तपाईं नआत्तिनुस्। म पनि डाक्टर हो। तपाईंलाई ठिक हुन्छ।’