निरा छन्त्यालको साथी सलिना मिडियामा आएकी छिन् । बिमान दुर्घटना ज्यान गुमाउनुभएको छन्त्याललाई सम्झदै साथी सलिनाले दुखि हुदै आफ्नो खुसी सकिएको बताएकी छिन् । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो ।

उहाको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य, प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमान जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ ।

शनिवार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भन्नुभयो, दुई-तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।

निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिवार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा बडिगाड ३ सिसाखानीको ऐतिहासिक सति घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो ।

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै कञ्चनापुर प्रा. बी. र सिसाखानी मा. वि. मा पूरा गर्नुभएको थियो । सिसाखानी मा. बि. का शिक्षक कमल भुजेलले पनि आफ्नो विद्यालयले गर्व गर्न लाएक बिद्यार्थी गुमाउदा गाउँसँगै बिद्यालय परिवार पनि स्तब्ध भएको बताउनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *