गृहमन्त्री रबिसंग डाको छोडेर रोईन प्रेम आचार्यकी श्रीमती: भक्कानिए रबि – भन्छन् कसैलाई छाड्दिन।

र यो पनि
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्। मंगबार आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधनपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

मेयर साहले प्रेमप्रसादको व्यवसायमा, निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन्। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएको मेयर साहको भनाइ छ।

उनले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भएको बताएका छन्। उनले भनेका छन्, ‘हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन।

हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन। जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।’

हेर्नुस सामाजिक संजाल फेशबुकमा मेयर बालेनले लेखेको जस्ताको तस्तै स्टेटस

एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् ।

त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।

उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन ।

जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ ।

सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् ।

नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन

पैसा अभावमा समयमै उपचार हुन नसकेको स्थानीयको भनाइ

नवलपरासी पूर्व — ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ । गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ । उनले भने, ‘रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिलाभयो । पैसा भैदिएको भए त्यहीदिन अपरेशन हुन्थ्यो ।’

उनको मंगलबार उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । उनको उपचारमा १० लाख खर्च भैसकेको छ । करिब ६ लाख अस्पतालमा बुझाइएको छ । बाँकी ४ लाख खोजखाज गरेर शव बुझ्ने जयसवालले बताए ।

भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन उनले २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहे । उपचारका क्रममा पैसा अभाव भएपछि भने सुस्तेलीले गोपाल गुरुङ बचाउअभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए । त्यसबाट करिब १ लाख ९० हजार रुपैयाँ संकलन भएको थियो ।

रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ । ‘उनको अवस्था विपन्न हो । हामीले उनलाई बचाउने अभियान सुरु गरे पनि सरकारले चासो नदिँदा सुविधासम्पन्न अस्पताल लैजान नसक्दा उनको ज्यान गयो,’ अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, ‘देशका लागि एक्लै लडेका गोपालको रकम अभावमै ज्यान गयो ।’

उनी ५९वर्षका थिए । २०५५ सालमा नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि सुस्तामै घर बनाएर उनले बसोबास थालेका थिए । सुस्ता चौकीमै ड्युटी रहेकै बेला उनले अवकाश पाएका हुन् ।

उनी २०५७ सालमा भारतमा जेलसमेत परेका थिए । उनी सुस्ताको नेपाली भूमि सुस्तावासीले मात्र जोगाउन सक्ने भन्थे । सुस्तावासीलाई एक बनाएर वर्षौंदेखि नेपाली भूमिका रक्षामा खटिएका गुरुङको पैसा अभावमा निधन हनु विडम्बना भएको खाँ बताउँछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *