काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएका तस्विर र भिडियोमा दर्जनौं मानिसहरु पाइन्ट नलगाई घुमिरहेका देखिन्छन् । यी तस्बिरहरू बस, मेट्रो र सडकमा खिचिएका हुन्। उनीहरुलाई देखेर सबैले एउटै प्रश्न सोध्छन्, के भयो यी मानिसहरूलाई ? किन पाइन्ट नलगाई घरबाट निस्किए ?
वास्तवमा उनीहरु सबै ‘नो ट्राउजर डे’ मा सहभागी भएका छन् । यसको अर्थ पाइन्ट बिना घुम्नु हो। यो दिवस हरेक वर्ष बेलायत सहित धेरै देशहरुमा मनाइन्छ र यस पटक आइतबार यो दिवस मनाइएको छ।
नो ट्राउजर डे सन् २००२ मा अमेरिकाको न्यूयोर्क सहरमा सुरु भएको थियो । यो विश्वव्यापी घटना हो। तर, कोरोना भाइरसको महामारीपछि पहिलो पटक सन् २०२३ मा मात्रै मनाइँदैछ ।
महामारीका कारण आयोजना हुन सकेको थिएन । यस अवधिमा मानिसहरूले शरीरको माथिल्लो भागमा जाडोको लुगा लगाएका थिए।
Grin and bare it! #London Underground passengers partially disrobe for #NoTrousersDay – with the Elizabeth Line taking part in the quirky annual event for the first time pic.twitter.com/KLK4PryJM6
— Hans Solo (@thandojo) January 9, 2023