आजको मानिस निकै समझदारका साथै सक्षम हुन्छन्। पछिल्लो समय नेपली समाजमा पनि प्रेम विवाह निकै प्रचलित भएको छ। युवा युवतीले बिसतारै आफ्नो मनले खाएको जीवनसाथी रोज्ने स्वतन्त्रता प्राप्त गर्न थालेका छन्। कुनै पनि मानिसको चाहना हुन्छ कि कुनै मानिससँग पूरा जीवन बिताउने निर्णय गर्नु अगाडी उक्त व्यक्तिलाई राम्रोसँग बुझ्न सकियोस्।

यस्तोमा प्रेम विवाह गर्ने जोडिले एक-अर्कालाई बुझ्ने राम्रो समय पाउँछन्। तर सबैको प्रेम सफल हुन्छ भन्ने छैन। ज्योतिषशास्त्रका अनुसार कुनै राशिका मानिसको भाग्य कै कारण उनीहरुको प्रेम विवाह सफल हुने गर्छ। आज हामी तपाईंलाई यस्ता तीन राशिको बरेमा बताउँछौं जसको प्रेम विवाह निकै सफल हुन्छ….

मकर राशि

मकर राशिको स्वामी शनि ग्रह हो। यी मानिस आफू पनि कुनै सम्बन्ध प्रति निकै वफादार हुन्छन् र अरुबाट पनि त्यस्तै आशा राख्छन्। सबै गुणले सम्पन्न यी राशिका मानिसले आफ्नो परिवारलाई सधैं खुसी राख्न चाहन्छन्। मकर राशिका मानिसले विवाहपछि जीवनसाथीको हरेक क्षेत्रमा साथ प्राप्त गर्छन् र यी मानिसको प्रेम विवाह निकै सफल हुन्छ। प्रेम विवाहको कुरामा यो राशिका मानिस निकै भाग्यमानी हुन्छन्।

कुम्भ राशि

कुम्भ राशिका मानिस निकै बुद्धिमानी हुन्छन्। कुनै पनि निर्णय निकै सोच बिचार गरेर मात्र गर्ने यी मानिस प्राय: प्रेम विवाह गर्छन्। कुम्भ राशिका मानिसले आफ्नो परिवारलाई सधैं सुखी र खुसी राख्न सफल हुन्छन्। यस राशिका मानिसले आफ्नो जीवनसाथीलाई हरेक क्षेत्रमा साथ दिने गर्छन्। कुम्भ राशिका मानिसको प्रेम जीवन पनि सफल हुने गर्छ।

मेष राशि

मेष राशिको स्वामी मंगल ग्रह हो। यस राशिका मानिस निकै मैत्री स्वभावका हुन्छन्। यी मानिसहरु आसपासका मानिससँग छिट्टै घुलमिल हुने किसिमका हुन्छन्। मेष राशिका मानिस निकै आकर्षक र उर्जावान हुनुका साथै अरुलाई आफ्नो व्यक्तित्वका साथ प्रभावित गर्न सक्षम हुन्छन्। कुनै पनि समस्यासँग समझदारीसँग लड्ने क्षमता राख्ने यी मानिसले कुनै पनि सम्बन्धको सम्मान गर्ने गर्छन्। आफ्नो साथीको हरेक सुख-दुखमा साथ दिने यी मानिसले प्राय: प्रेम विवाह गर्ने गर्छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *