काठमाडौं :

मौसमी कामदारको प्रक्रिया पूरा गरेर कोरियाको स्थानीय निकाय र अन्य देशको स्थानिय निकायबिच सम्झौता गरि मौसमी कामदार भित्र्याउदै आएको कोरियाले नेपाली कामदारलाई पनि भित्र्याउने निर्णय गरेको थियो ।

सोहि बमोजिम मौसमी कामदार सम्बन्धी अध्यागमन बिभागका निर्देशक इसुङ्ह्यन कोरियाको सौल स्थित नेपाली दुताबास सम्झौता पत्र बोकेर पुगेका थिए ।
स्थानिय निकायसंग सम्झौता गरेर ब्यबस्थित तवरले मौसमी कामदार ल्याउनको लागि सबैभन्दा पहिले नेपाली राजदुतावाससंग स्वीकृती लिनुपर्ने प्रावधान भएकोले इसुङ्ह्युन दुताबास पुगेको बताय ।

नेपाल सरकारले कोरियामा गएका मौसमी कामदार कोरियामै लुकेर बस्ने गरेको तथ्यलाई आधार मान्दै भविस्यमा बैधानिक माध्यमबाट लामो समय रोजगारी दिईरहेको इपिएस प्रणालीमा आउने

असरलाई मध्यनजर गर्दै तथा स्थानिय निकायले दलाल मार्फत मनोमानी ढंगबाट जनता ठगिरहेको सुचनाका आधारमा कोरियामा मौसमी कामदार नपठाउने निर्णय गरेको छ ।सोही निर्णयको आधारमा दूतावासले मौसमी कामदार सम्बन्धि सम्झौता गर्न नमानेको अध्यागमनका निर्देशक इसुङ्ह्युनले बताए ।

एक बर्षभित्रमा कोरिया प्रबेश गरेका मौसमी कामदारको ७० % भन्दा बढि अवैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी कामदार ल्याउन ३ बर्ष प्रतिबन्ध लगाउने नियमको बारेमा बुझ्दा अझैसम्म नेपाललाई

मौसमी कामदार भित्र्याउन प्रतिबन्ध नलागेको तर नेपाल सरकारले नै नपठाउने भनेपछी नेपाल सरकारको निर्णयमा परिवर्तन भएको खण्डमा त्यो बेला सोच्न सकिने बताए । यद्यपि नेपालबाट गत बर्ष मौसमी कामदारको रुपमा कोरिया भित्रीएका ८०% कामदार सम्झौता अनुसार स्वदेश फर्किएका छैनन ।

यद्यपि कोरियन नागरिक संग बिबाह गरेका नेपालीहरुको आफ्नो आफन्तलाई कोरियामा मौसमी कामदारको रुपमा ल्याउन भने सक्नेछन । उनिहरुको हकमा आफ्नो दाजुभाई ,दाजुभाइका छोराछोरी ,

आमाको दाजुभाईको छोराछोरी र बुबा तर्फका दाजुभाइको छोराछोरी सम्मलाई मौसमी कामदारको रुपमा कोरिया ल्याउन मिल्छ भनेर इसुङ्ह्युनले बताए ।नेपाल सरकारले मौसमी कामदार कोरिया पठाउन रोक लगाएको निर्णय यस प्रकार रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *