काठमाडौं । गायिका समीक्षा अधिकारी सानै उमेरमा चर्चाको शिखरमा छिन् । गायन कलाका कारण उनले छोटो समयमा नेपाली कला क्षेत्रमा राज गरिन् ।
उनले केही समयअघि आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले यस्तो संज्ञा दिएकी हुन् ।
मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ।
मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुने उनको दृष्टिकोण छ ।
२ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको स्ट्याटस धेरै मिडियाले छापेका थिए । तर अहिले फेरि समिक्षाले आँफूलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् ।
उनले ‘नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ ।
फेसबुकमा स्ट्याटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताउदै कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई कसैको अपशब्द सुन्नु छैन लेखेकी छिन् ।
समीक्षाले भनेकी छिन् म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?
हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ ।
नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागि उड्छन् । उनले नबोली बस्दा धेरैले हेपेको भन्दै अबका दिनबाट चुप नलाग्ने संकेत पनि उनले गरेकी छन्। आजकाल उनी (इमोशनल) भावनात्मक विषयमा बढी लेख्न थालेकी छिन् ।