सौल l दक्षिण कोरियाले २०२३ देखि E-7-4 भिषा दिने मापदण्डमा हेरफेर गरेको छ। २०२३ देखि e-9 भिषामा ४ बर्ष कोरियामा काम गरेकाले E-7-4 भिषाको लागी आवेदन दिन पाउने भएका छन्।

दक्षिण कोरियाली न्याय मन्त्रालयले २०२३ को लागि जारी गरेको मापदण्डअनुसार कोरिया प्रवेश गरेको ४ बर्ष अवधी पूरा गरेकाहरुले यदि कोरियाको अध्यागमन बिभागद्वारा संचालित 사회통합프로그램 (KIIP) अन्तर्गत ३ लेभल पास गरेको खण्डमा भिषा आवेदन दिन पाउने छन्।

२०१८ भन्दा अगाडि पनि ४ बर्ष कोरियामा बसेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने ब्यबस्था थियो त्यो ब्यबस्थालाई २०१८ देखि हटाएर ५ बर्ष पुरा भएकाले मात्रै आवेदन दिन पाउने ब्यबस्था गरेकोमा पुन : २०२३ जनवरी दिल्ली लागू हुने गरेर ४ बर्ष अवधी पूरा गरेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने बनाएको छ। आवेदक ४ बर्ष कोरिया प्रवेश गरेको अवधी पूरा हुनुको साथै kiip को ३ लेभल पास गरेको हुनुपर्नेछ।

१६ वर्षीय विद्यार्थीसँग महिला शिक्षिका फरार, अनुसन्धानमा यसरी खुल्यो प्रेमकथा ?

काठमाडौं । १६ वर्षीय विद्यार्थीसँग महिला शिक्षिका फरार भएकी छिन् ।

भारत, उत्तर प्रदेशको नोएडामा २३ वर्षीया शिक्षिका आफ्ना १६ वर्षीय विद्यार्थीलाई लिएर भागेकी हुन् ।

उन्नति विहार कोलोनीका १६ वर्षीय विद्यार्थी ट्युसनका लागि महिला शिक्षककोमा जान्थे । एक दिन शिक्षिका नाबालिग विद्यार्थीसँग भागिन् । विद्यार्थीका बुबाले सेक्टर ११३ प्रहरी चौकीमा महिला शिक्षिकाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

अनुसन्धानका क्रममा महिला शिक्षिकाले विद्यार्थीलाई मन पराउन थालेको खुलासा भयो । उत्तर प्रदेशको नोएडास्थित सेक्टर–१२३ स्थित उन्नति विहार कोलोनीका निवासी विजय शुक्लाले आफ्नो १६ वर्षीय छोरालाई ट्युसन पढाउने २३ वर्षीया महिलाले छोरालाई अपहरण गरेको आरोप लगाएका थिए ।

यस सम्बन्धमा विद्यार्थीका बुवाले शिक्षकविरुद्ध सेक्टर ११३ प्रहरी चौकीमा अपहरणको उजुरी दिएका छन् । उन्नति विहार कोलोनी निवासी विजय शुक्लाले आफ्नो १६ वर्षीय छोरा अनुराग शुक्ला सोही बस्तीमा बस्ने आयशाकहाँ पढ्न जाने गरेको उजुरी प्रहरी अधिकारी प्रमोद प्रजापतिले जानकारी गराए ।

विजय शुक्लाले शिक्षिकाले छोरालाई अपहरण गरेर लिएको आरोप लगाएका थिए । अनुसन्धानपछि ती शिक्षिका विद्यार्थीलाई मन पराउन थालेको खुल्यो । घटनाको जानकारी आएपछि विद्यार्थीको उद्दारका लागि प्रहरीको दुई टोली गठन गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *