काठमाडौं, । एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ ।नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल ९एप० वा इन्टरनेट बैंकिङमार्फत इन्टर बैंक फण्ड ट्रान्सफर गर्दा प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको हो ।
यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो भने अब प्रतिदिन २ लाख रुपैयाँसम्म वालेटबाट अन्य बैंकको खातामा पनि पठाउन सकिनेछ । यस्तै एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था थियो भने त्यसलाई बढाएर प्रतिदिन ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको बैंकले जानाएको छ ।
टिकटक क्रेज: दुइनो भैंसी बेचेर टिकटकमा रमाईरहेकी रंगादेवी, टिकटक लाइभ बस्न दैनिक… !
टिकटक पछिल्लो समय निकै लोकप्रिय एप्स बनेको छ । टिकटकले यसरी मोहनी लगाएको छ मानिसलाई खाना खादा, हिड्दा साथीसँग भेड्दा , कार्यालयमा काम गर्दा समेत टिकटकमै व्यस्त रहेका हुन्छन् । ५ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रिय बनेको छ ।
टिकटकमा गरेको अभिनयबाट केही चर्चित बनेका छन् भने कोही त्यही टिकटककै कारण विवादित पनि बनेका छन् । टिकटक क्रेजकै कारण अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढा दुइनो भैंसी बेचेर पनि टिकटक चलाउदै आएकी छन् ।
उनी एक बर्ष अघिदेखी टिकटक चलाउदै आएकी छन् । सामान्य प्रौढ कक्षा मात्र पढेकी रंगादेबी सुरुमा घरमा छोराछोरीले टिकटक बनाएको र टिकटकमा रमाएको देखेपछि टिकटक तर्फ चासो राखिन् । छोरीलाई टिकटक चलाउन सिकाई मागिन् र उनको टिकटक एकाउन्ट rangadevibudha123 नाम रहेको छ ।
टिकटक सुरुमा खाली समय विताउने उनका लागि राम्रो माध्यम बन्यो पछि टिकटक अभिनय र ठाडी भाका गाउन थालिन् । उनका गित र अभिनय टिकटकमा मन पराउन थाले । उनका हरेक भिडियो भाइरल हुने गरेका छन् । उनी टिकटक लाइभमा पनि बस्छिन्।
लाइभमा स्थानिय भाषामा अभिनय र सुदूरपश्चिमको ठाडी भाका गाउने गरेकी छन्। टिकटक चलाउन र टिकटक लाइभमा बस्नेकै लागी दैनिक पाँच रुपैयाँको रिचार्ज खर्च गर्न समेत थालिन् । टिकटक चलाउन रिचार्ज खर्चकै लागि घरमा रहेको दुइनो भैंसी बिक्री गरेकि छन् ।
रंगादेवी भनिन्, ‘ टिकटक चलाउन नेट चाहिन्छ, नेटका लागि रिचार्ज गर्नु नै पर्यो । उधारो रिचार्ज नपाईने, रिचार्ज खर्चकै लागि घरमा पालेको दुइनो भैंसी बेचेकी हुँ।’‘लाइभमा आएका बेला धेरैले खुसी लाग्यो। ठाडी भाका गाउनु हुन्छ, भन्छन् । गाउँ काले भैसो बेचेर टिकटक चलाउन लागि पनि भन्छन् ।
टिकटकमा कसै कसैले गिफ्ट पठाउन्छन् । तर आफूलाई केही थाहा छैन त्यो बारेमा । घरको काम सकेपछि दिउँसो १२ बजे तिर एक घण्टा लाईभमा आउन्छु ।’ उनले भनिन् सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका पाखा-पखेरामा गुञ्जिने ठाडी भाका एक प्रमुख संस्कृति हो।।
मनोरञ्जनको लागि मात्रै नभइ ठाडी भाका महिलाहरुका दुःख बिसाउने र सुःख बाँड्ने माध्यम बनेका छन् । देउडा र ठाडी भाकाबाट महिलाहरुले आफ्ना दुःखका भारी मात्रै बिसाउदैनन्, बिकास निर्माण र चेतनाको कुरा पनि दर्शाउछन् । ठाडी भाका भने मेलापात, उत्सब, घाँस दाउरा गर्दा जता पनि गाईन्छ ।
ठाडी भाका विशेषतः महिलाहरुमा प्रिय छ । मनमा हर्ष छाउदा होस् वा दुः ख हुदा महिलाहरु ठाडी भाका सुशेल्न थाल्छन् । पछिल्लो समय भइरहेका विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा भने ठाडी भाका गाउने कलाकारलाई प्राथमिकता दिने गरेका छैनन् ।
सुदूरपश्चिम र मध्यपश्चिममा ओझेल पर्दै गएको ठाडी भाकालाई टिकटकमा रंगादेवीले उजागर गरेको भन्दै उनलाई धेरै दर्शक स्रोताले प्रशंसा समेत गरेको देखिन्छ ।