काठमाडौँ । दक्षिण कोरियाले २०२३ को लागि दोस्रो चरणको छनौट मिति र संख्या सार्वजनिक गरेको छ । दोस्रो चरणमा २८,१२८ जना छनौटमा परेका कामदारको कोरियाको मानव संसाधन केन्द्र (hrd)ले रोजगार अनुमतीपत्र जारी गर्ने भएको छ।

रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित हुनेछन। कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत विवरण प्रमाणित भएकाहरुलाई कम्पनिको विवरणसहितको रोजगार अनुमतीपत्र जारी भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ ।

२०२३ को दोस्रो चरण अन्तर्गत जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन जसमा उत्पादन मुलक क्षेत्रको २० हजार ६५९ जना, कृषि तथा पशुपालन क्षेत्र तर्फ ३,८२५ जना, मत्स्यपालन तर्फ : २ हजार १ सय ९३ जना, निर्माण तर्फ १ हजार ४९ जना, सेवातर्फ ४ सय २ जना रहेका छन ।

रोजगार अनुमति जारी गर्ने मितिमा क्रमश उत्पादन क्षेत्र तर्फ २०२३/०३/२० (सोम) देखि ३:२४ (शुक्र) कृषि तथा पशुपालन क्षेत्र तर्फ: २०२३/०३/२७ (सोम) ३:३१ (शुक्र) छुटपुट रोजगार अनुमति जारी गर्ने मिति: ‘२३.४.४ (मंगल) ~ ४.५ (बुध) अतिरिक्त रोजगार अनुमति जारी गर्ने मिति : २०२३/०४/०७ (शुक्र), १० (सोम) सम्म रहनेछ ।

कामदारको रोजगार अनुमती पत्र जारी गरिसकेपछी कम्पनिको तर्फबाट रोजगार सम्झौतापत्र पठाईनेछ र इपिएस प्रणाली अन्तर्गत रोजगार सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता हुनेछ । र इपिएसको प्रणाली अन्तर्गत कोरिया प्रवेश गराईनेछ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *