काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।

बुबा आयोजकले आफ्नै छोरालाई बनाए प्रमुख अतिथि, दर्शक हेराहेर !

चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गर्दै आगामी फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा ‘नेपाल्स् सिनेमा फेष्ट २०२३’ आयोजना गर्दै छ । अभिनेता भुवन केसीको नेतृत्वमा रहेको बोर्डले विवादित छवि बनाएको सूर्य कर्पोरेसनसँग सहकार्यको हात मिलाएपछि अवार्डसँगै बोर्ड पनि विवादमा तानिएको छ ।

विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको सार्वजनिक भएपछि मिडियादेखि फिल्म क्षेत्रका केही व्यक्तिहरूले समेत निरन्तर प्रश्न उठाउँदै आएका छन् । सूर्य कर्पोरेसन त्यही कम्पनी हो, जहाँ वैदेशिक रोजगार विभागले छापा मार्दा ८० भन्दा बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको थियो ।

गत शनिवार चलचित्र पत्रकार संघ नेपालको आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा यही फेस्टिभलका बारेमा बोर्ड अध्यक्ष केसीले चाहिँ अन्तर्राष्ट्रिय बजारको खोजीसँगै विस्तारका लागि हुन लागेको र विदेशमा नेपाली फिल्म प्रवर्द्धन गर्न र छायांकनको वातावरण बनाउन दुबईमा फेस्टिभल गर्न लागेका दाबी गर्दै फेस्टिभल लाभदायक हुने ठोकुवा गरेका थिए ।

केसीले सरकारले दुई वटा कार्यक्रम गर्नलाई ५० लाख दिएको र त्यो धेरै सानो रकम भएकाले दुबईमा कार्यक्रम गर्न निजी कम्पनीसँग सहकार्य गरिएको समेत बताए । सूर्य कर्पोरेसन र अध्यक्ष केसीबिच विगतमा व्यापारिक सम्बन्ध रहेको समेत खुलासा भएको छ । तर, विवाद लुकाउन केसीले यी कुरालाई सामान्य रूपमा लिइरहेका छन् ।

दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर)मा हुने फेस्टिभलमा नेपाली फिल्महरू ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ प्रदर्शन गरिने भन्दै सूर्य कर्पोरेसनले एक अवार्डको समेत घोषणा गरेको छ । तर, आज एकाएक फेस्टिभलमा ‘महापुरुष’ देखाउने भन्दै प्रचार गरिएकोमा निर्माण कम्पनी षट्कोण आर्टस्ले बहिष्कारको घोषणा गरेको छ । फिल्मले सामाजिक सञ्जालमा विकास बोर्डले गर्न लागेको फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारीविना आफ्नो फिल्म समावेश गरेको र फेस्टिभलमा सहभागी नजनाउने समेत बताएको छ ।

त्यसो त, हिजो मात्रै फेस्टिभलमा सहभागी हुने कलाकारको तस्बिरसहितको एक पोस्टर सार्वजनिक पनि गरिएको थियो । जसमा, भुवन केसी, नीर शाह, शिव श्रेष्ठ, विजय लामा, ऋचा शर्मा, प्रशान्त ताम्राकार, अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री, बोर्डका सदस्य तथा अभिनेता राज कटुवाल, गायक रवि ओड, उद्घोषक नरेश भट्टराईलगायत रहेका छन् ।

सामान्य अर्थमा विकास बोर्ड आयोजक हुनु भनेको भुवन केसी नै आयोजक हुन् । किनकि बोर्डको नेतृत्व उनकै हातमा छ । सार्वजनिक पोस्टरमा भुवन पुत्र अनमोल अतिथिका रूपमा छन् । फिल्ममा लामो समयदेखि बहसको विषय बनिरहेको नातावाद र कृपावादलाई भुवनले आफैँ आयोजक भएको अवार्डमा छोरालाई अतिथिका रूपमा राख्नु यो भन्दा गतिलो उदाहरण अरू के नै होला र !

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *