काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गर्नु भएकाे छ ।

पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उहाँले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गर्नु भएकाे हाे ।

सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएकाे बताउनुभयाे ।

आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनामा दिएकाे ईमेज खबरसँग उहाँले बताउनु भयाे । अब आफू स्वतन्त्र रहने समेत उहाँले बताउनु भयाे ।

सापकाेटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएकाे थियाे । सापकाेटा लामिछानेकाे विश्वास पात्रका रुपमा चिनिनु भएकाे थियाे।

रवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *