ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई खुल्ला शौच गराए कारबाही गर्ने भएको छ ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ बताएको हो ।

ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।

कुकुरको दिसापिसाबमा भएको जिवाणु वातावरणमा फैलँदा मानव स्वास्थ्यमा समेत हानी पुग्ने भन्दै महानगरमा कसैले कुकुरलाई खुल्ला शौच गराए कडा कारवाही गर्ने महानगरले चेतावानी दिएको छ ।

हेर्नुहोस् महानगरको सूचना :

No description available.

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *