काठमाडौं । तत्कालिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको न्यायका लागि एक व्यक्तिले डरलाग्दो कदम चालेका छन् । रास्वपा सभापति समेत रहेका लामिछानेको न्यायका लागि भन्दै एकजनाले आत्मदाहको प्रयास गरेका हुन् ।

जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेको जुम्ला प्रहरीले जानकारी गरायो ।

कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर (चालक) गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका हुन् । ४० वर्षीय कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बतायो । कोलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएको खुलेको छ ।

‘यो देशमा जताततै भ्रष्टाचार छ । अनियमितता छ । रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु’ भन्दै उनले आत्मदाहको प्रयास गरेका थिए । सामान्य अवस्थामा रहेका उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई बोलाएर जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *