काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित गृहमन्त्री रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताउनुभएको छ ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको र अब मौनपनि नबस्ने बताउनुभएको हो ।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुनुहुन्छ । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेकाकारण विवादित पात्रको रुपमा बुझिन्छ । उहाँलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर चक्रव्युहभित्र उहाँको हत्या भएको थियो।

तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताउनुभएको हो ।

उहाँले लख्नुभएको छ, अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

उहाँले अहिलेको फोहोरी सत्ता दाउपेचमा छिरेर जनताका काम गर्न नसकिने देखिएकाले सरकारबाट बाहिरिनुपर्ने धारणा राख्न थाल्नुभएको छ । अब सरकार बाहिर बसेर पाँच बर्ष जनताका लागि खर्बदारी गर्ने र आफ्नै दलको बहुमत आएपछि आफ्ना योजना सफल बनाउने विचारमा लामिछाने पुग्नुभएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *