हिजो मेरो अगाडी जे भयो, जे देखियो त्यो सामान्य कुरा थिएन र मैले भोली तपाईहरु कसैमा पनी यस्तो समस्या नपरोस भनेर यि कुरा लेखेर सेयर गर्दैछु । मैले भोगेका र आफ्नै आँखाले देखेका समस्याहरु र जापानमा हप्तैपिच्छे घटी रहेका घटनासंग संबन्धीत पनि छ यो घटना ।

एक पटक पढेर साथीहरु सम्म सेयर गर्दिनु होला जस्ले गर्दा यस्तो घटना घट्नबाट जोगाउन र बच्न सकिन्छ ।जति पनी विदेश (जापान)मा रहनु भएको छ वहाँहरुलाई मेरो सानो अनुरोध, हामी नेपालमा जुन शैलीमा जीवन यापन गर्दै आईरहेको थियौं, जापानमा त्यसको ठ्याक्कै उल्टो हुन जान्छ ।

खासगरि विद्यार्थी जीवनमा एकदमै चुनौती र कठिनाईहरु अवस्य छन । कलेज जाउ, रात भरि काम गर, सुत्ने समय, खाने समयको केही तालमेल मिल्दैन ।जापानको हावापानी वातावरण स्वच्छ छ, रोगहरु रुघा खोकी जस्ता सामान्य रोगहरु पनी झट्टै लाग्दैन ।

हाम्रो शरिर हिडडुल गर्दा सामान्य अवस्थामा नै रहेको कुनै पनी समस्या देखा परेको हुदैन । तर भित्र भित्रै एकदमै कमजोर भइरहेको हुन्छ । कति बेला के हुन्छ केही भन्न सकिदैन । हो, जापानमा धेरै जना सुति रहेको अवस्थामा नै उठ्न नसकेर सुतेको सुतै भएर ज्यान गुमाइरहेका खवर हप्ता दिन नबित्दै आइरहेको छ ।

नेपाली युवाहरुले जापानमा ज्यान गुमाएको दुःखद घटना सुनिरहनु नौलो लाग्न छाडेको छ ।हिजो आफै माथि, मेरै आँखा अगाडी एउटा दु’ र्घटना हुन गयो । जुन कुरा तपाईहरु माझ सेयर गर्यो भने तपाईहरुलाई थोरै भए पनी सचेतना मिल्न सक्छ र कसैमा पनी यस्तो हुनु पुर्व सावधानी रहनु होला भनेर पनी जानकारी गराउदैछु ।

हामी दुई साथि (विद्यार्थी भाई) र म सानो कामले नेपाली रेस्टुरेन्टमा भेटेर बसियो । मैले साथिलाई भोक लागेको छ भने खाना खानुस म खाना चै खादिन, चिया मात्र खान्छु भर्खरै खाजा खाए, तपाई खानुस भनें । उहाँले हैन खाना न खाम, बरु घरतिरै जाम आज काम पनी छैन छुट्टी छ भन्नु भयो ।

हामी केही बेर संगै थियौं, संगै बसि रहेको थियौ र चिया मगाएर पिउँदै थियौ ।हामीले कुनै पनि नसा सेवन गरेको थिएनौं र म धेरै समय देखी मा’ दक पदार्थ सेवन पनि गर्दिन । फेरी जाड खाए होला भन्ने हुन सक्छ र यो जाड रक्सी खाएको बेला यस्तो हुन गएमा झनै ठुलो दु’ र्धटना हुन सक्छ त्यसैले ख्याल गर्नु होला ।

चिया पिउँदै गर्दा पुराना साथिहरु त्यहाँ केही कार्यक्रम भएको भएर भेट पनी भयो र हामी गफ गाफमा थियौं । गाक्को नजिकै भएको भएर भाई बहिनीहरु पनी त्यी बाटो हुदै रुम आउने, बोल्ने गरि रहेका थियौं ।त्यतीकैमा जाम रुम तिर अब भन्दा साथि मेरो छेउमै बसि रहनु भएको थियो, निदाए जस्तो लाग्यो ।

हामीले ए कति छिटो निदाउनु भयो है, जाम भनेर मैले घचघच्याएँ । तर उहाँको होस पुरै थिएन । १ मिनेट पनी भएको थिएन, वहाको शरिर अ’ ररो भै सकेको थियो ।हामी सबै आत्ति सकेको थियौं । मैले एम्बुलेन्स भनें, त्यहाँ एकजना साथिले कल गर्नु भएछ ।

मुखबाट स्वास दिनु पर्यो भनेर मुख खोल्न खोज्दा मुख बाधी सकेको थियो आखा बंद थिए । सबैले खुट्टा हात छातीमा मलिस गर्दा गर्दै १ मिनेट जस्तोमा उहाँको होस फर्कियो । के भयो र मलाई भन्दै उठ्न खोज्दा फेरी बेहोस हुनु भयो र एम्बुलेन्स पनी आयो ।

मैले हस्पिटल लिएर गए, कतै केही रोग पत्ता लागेन । चेक जाच गर्नु पर्ने सबै जाँच गरियो । टाउकाको सिटी स्क्यान, मुटु, छाती, रगत सबै चेक गरियो तर केही पनी खराबी देखा परेन ।छातीको एक्सले गर्न उभिदा फेरी त्यस्तै भयो । डाक्टर र मैले बोकेर फेरी सुतायौ, सुताए पछी होस आयो तर उहाँलाई के भयो थाहा थिएन ।

सबै रिपोर्ट ठिक थियो, केही रोग देखिएन र पहिला त्यस्तो मु’ र्छा पर्ने छारे रोग हरु पनी थिएन । के भयो भयो, पहिलो पल्ट भयो ।डाक्टरले नडराउ है भन्यो र हामी केही बेर हस्पिटल मै बसेर रुम तिर फर्कियौ ।डाक्टरको भनाई र उहाँको अवस्था हेर्दा खाना खाने सुत्ने समयको तालमेन नमिलेको, भित्र भित्रै शरिर अत्यन्तै कमजोर भएको नै हो भन्ने भयो ।

बाहिरबाट हेर्दा स्वस्थ, बलियो, फुर्तिलो वा हाँसिखुशी जस्तो देखिएपनि नियमित खानपान नहुँदा, शरिरलाई चाहिने आराम नपुग्दा र धेरै मा’ नसिक तनाव र अनावश्यक कुराको मा’ नसिक भारले भित्रभित्रै भने सरिर कमजोर भएर गलिसकेको डाक्टरको भनाईबाट बुझ्न सकिन्थ्यो ।

त्यसैले तपाईहरु कसैले पनी भोक छैन, आज त थोरै भएपनी काम बढि गरेर फर्कन्छु वा भरे भोली बिदा पनी छ, पछी बनाएर खान्छु । विस्तारै सुत्छु, नभन्नु होला । समय मै खाने र समयमै सुत्ने गर्नु होला ।जापानमा बढ्दो क्रममा रहेको समस्या त’ नाब र खाने, सुत्ने तालमेल नमिल्नु ड’ रलाग्दो रुपमा बढ्दो छ ।

आफ्नो समस्या साथि वा मन मिल्ने व्यक्तिहरुसँग सेयर नगर्नु, एक्लै बस्नु जस्ता कुराले हो यस्तै घटना थाहै नपाई हुनु ।एक्लै सुतेको अवस्थामा यस्तै हुन जाँदा, साथि वा कोहि व्यक्तिको साथ नपाउादा सामान्य प्राथमिक उपचार समेत नपाएर ज्यान गुमाउने अवस्था आउनसक्छ ।

त्यसो त हामी न आफ्नो न साथीको कसैको ख्याल गर्ने समय नै पाउदैनौ तर उहाँहरु जो संगै बस्नु हुन्छ, साथिसंग एकदमै मेलमिलाप कुनै पनी तनाब नरहेको मिलेर बस्नु भएको कुरा मलाई जानकारि समेत छ ।त्यसैले १ मिनेटको अन्तरमा एक्लै हुँदा शरिर कमजोर छ भनेर महशुस नै नहुँदा नहुँदै दुर्घटना हुन सक्छ ।

सबैले आफ्नो ख्याल गरौं, यस्तो समस्या जापानमा बढ्दो क्रममा रहेको छ ।खानपिनमा ध्यान दिने कामहरु बढी नगर्ने समयमा खाने, सुत्ने गर्ने गरौ । शरिरमा कुनै पनी समस्या छ कि जस्तो महशुस हुना साथ अस्पताल जाने गरौं ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *