काठमाडौं, २० माघ ।
क्रिकेटर बलात्कार आरोप खेपिरहेको क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ ।
शुक्रबार भएको सुनुवाईमा सर्वोच्चले कागजात माग गरेको हो । सर्वोच्चले मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो ।
गत पुस २८ गते उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?
साताको अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामै १४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा १२ सयले बढ्दै सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।