काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीबाट केरलाको कालीकट विमानस्थलमा आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानको इन्जिनमा आगलागी भएपछि विमान अबुधाबी फर्केर सुरक्षित अवतरण गराएको छ ।

जानकारी अनुसार एयर इन्डिया एक्सप्रेसको उडान नम्बर आइएक्स ३४८ अबु धाबी एयरपोर्टबाट केरलाको कालीकट एयरपोर्टका लागि उडेको थियो। उडानको इन्जिन–१ मा आगो लागेपछि विमान अबुधाबी विमानस्थलमा फर्किएको छ ।

पाइलटले उडान भर्नुअघि यो कमजोरी याद नगरेको बताइएको छ । यो विमानमा १८४ यात्रु रहेका थिए । सबैले सुरक्षित अवतरण गरेका छन् ।

एयर इन्डिया एक्सप्रेस विमानमा डीजीसीएद्वारा एक बयान जारी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “एयर इण्डिया एक्सप्रेस बी ७३७-८०० विमान भिटी-एवाइसी अपरेटिङ फ्लाइट आइएक्स ३४८ (अबु धाबी-कालिकट) उडानको क्रममा १००० फिट उचाइमा पुग्दा इन्जिन-१ मा आगो लाग्यो, जसका कारण उडान फिर्ता भयो।”

यसअघि जनवरी ३० मा आइतबार राति शारजाहबाट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको फ्लाइटमा प्राविधिक त्रुटि भएको थियो । जसका कारण कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्तव्यस्त भएको थियो ।

यसबारे कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो। विमानको सुरक्षित अवतरण र सबै यात्रुसहित चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेपछि विमानस्थलको अवस्था सामान्य भएको बताइएको छ ।

अर्कोतर्फ गत जनवरी १८ मा सिंगापुरबाट मुम्बई आउँदै गरेको विस्ताराको फ्लाइटमा प्राविधिक खराबी देखिएको थियो । विमानलाई सिंगापुरको चांगी विमानस्थलमा फिर्ता ल्याइएको थियो। विमान बिहान ११ बजे उडेको बताइएको थियो तर प्राविधिक गडबडीका कारण पाइलटले विमानलाई सिंगापुर फर्काएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *