जापान । जापानमा रेष्टुरेण्ट संचालकहरुले अस्वस्थ व्यवहार गर्दै ग्राहकहरुले रमाइलोका लागि बनाएको भिडियोकै कारण आफुहरुको व्यापारमा क्षति पुगेको भन्दै उजुरी र क्षतिपूर्ती मागदावी गर्ने घटना बढ्न थालेका छन् ।

रमाइलोको लागि भन्दै रेष्टुरेण्टभित्र उटपट्यांग भिडियो बनाउँदै पोष्ट गरेकाहरुलाई विभिन्न रेष्टुरेण्ट कम्पनीहरुले क्षतिपूर्ती मुद्दा हालेको पाइएको छ ।पछिल्लो पटक प्रमुख कन्भेयर बेल्ट सुशी रेस्टुरेन्ट चेन सुशिरोका सञ्चालकले बुधबार एक ग्राहकको विरुद्ध प्रहरीमा क्षतिपूर्तिको उजुरी दिएका छन् ।

उनीहरूले प्रयोग नगरिएका कपहरू दु’ रुपयोग र चाटेको भिडियो राखेपछि सुशी चेन सुशिरोले अनलाइनमा लाखौं पटक हेरिंदा आफ्नो लोकप्रियतामा आँच आएको भन्दै उजुरी दिएको हो ।आकिन्दो सुशिरो कम्पनीले यो कदम आफ्ना र प्रतिस्पर्धी रेस्टुरेन्टहरूमा ग्राहकहरूको अस्वच्छ व्यवहारको भिडियोको रूपमा आएको बताएको छ ।

भिडियोमा डिनरमा घुमाएर सर्भिस हुने प्लेटहरूमा खाना पाइन्छ, जसमा भिडियो बनाउनेहरुले जुठो हाल्दै फोहोर तरिकाले भिडियो बनाएर अनलाइनमा पोष्ट गरेका थिए, जसले कम्पनीको धेरै नकारात्मक ध्यान र आलोचना बढाईरहेको छ ।सोशल मिडियामा व्यापक रूपमा सेयर गरिएको ४८ सेकेन्डको क्लिपमा,

गिफु प्रिफेक्चरको सुशिरोको शाखामा एक ग्राहकले सोया ससको बोतलको टुप्पोको भाग चाटेको देख्न सकिन्छ । साथै प्रयोग नगरिएको चिया कपको भाथ आफ्नो मुखमा राखिरहेको समेत देखिन्छ । यस बाहेक सुशीको प्लेटमा तिनीहरूको र्याल लतपतिएको औँलाले समाएर छाडेको देखिएको छ ।

उक्त भिडियोलाई लिएर सञ्चालकले मंगलबार प्रहरीमा क्षतिपूर्तिको उजुरी दिएका थिए । यद्यपि कम्पनीले फुटेजमा देखाइएको व्यक्ति र तिनीहरूको अभिभावकले प्रत्यक्ष माफी मागेको बताएको छ । कम्पनीले यो मुद्दामा ूसिभिल र आपराधिक दुवैमा कडा कारवाही गर्न आफ्नो माग राखेको छ ।

भिडियोमा रहेको आउटलेटले प्रभावित स्टोरका सबै कपहरू सफा गरेको र यसको सबै सोया ससका बोतलहरू प्रतिस्थापन गरेको जनाएको छ ।सुशिरोको प्रतिस्पर्धी हामा सुशी कम्पनीले जनवरीमा एक भिडियो भाइरल भएपछि प्रहरीमा क्षतिपूर्ति उजुरी दिएको छ ।

जसमा एक ग्राहकले सुशीमा वासाबी लगाएको देखाएको छ, जुन अन्य डिनरमा आएका पाहुनाहरूले अर्डर गरेको खानाको लागि जाँदै थियो । कम्पनीले क्लिपमा संलग्न व्यक्ति विरुद्ध क्षतिपूर्ति दाबी सहित मुद्दा दायर गर्ने विचार गरिरहेको बताएको छ ।समस्या सुशी ट्रेड बाहिर पनि फैलिएको छ,

उदोन नूडल चेन सुकेसन उदोनको आउटलेटमा सेवा गर्ने चम्चाबाट खाना खाएको भिडियो ग्राहकले बनाएको पाइएको चेनका अपरेटरले बुधबार बताएका छन् ।कम्पनी उक्त घटनामा कसरी थप प्रतिक्रिया दिने भनेर सोचिरहेको बताएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *