काठमाडौँ । एकीकृत समाजवादीका नेता घनश्याम भुसालले चलाएको गाडी दुर्घटनामा परेको छ। शुक्रबार भुसालले चलाएको गाडी बानेश्वरस्थित सडकमा रहेकाे डिभाइडरमा ठोक्किएको थियाे।
आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि उनी बेहाेस भएका थिए। हाल उनकाे बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बुझिएकाे छ।
भुसाल आज मध्यान्ह माइतीघरतिरबाट नयाँ बानेश्वर तर्फ जाँदै गर्दा एभरेष्ट होटल अगाडी सवारी दुर्घटनामा परेको युवा संघका नेता सुजन केसी बताए । संयोगवस त्यसक्षेत्रमा पुगेका केसीले भने, गाडी दुर्घना भयो, टाढैबाट कसको गाडी भन्ने चिन्ने कुरा भएन मानिसहरु घेरिसकेका थिए । नजिकै गएर हेर्दा पूर्व मन्त्री भुसाल भन्ने चिने, ट्राफिकलाई पनि जानकारी दिएँ । केही बेरमा उहाँ (भुसाल) ले मोबाइल माग्नुभयो र फोन गर्नुभयो तत्कालै गाडी आएर उहाँलाई लिएर अस्पताल गयो ।
उनका अनुसार, गाडी रोडबीचको डिभाइडरमा चढेर ठुलो दुर्घटना भएपनि इयर ब्याग निस्किँदा सवारी चलाइरहेका नेता भुसाल र उनीसँगै रहेको अर्का एक व्यक्तिलाई जोगाएको छ ।