काठमाडौँ । काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृ’त फेला परेका छन्। शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा-छोरी मृ’त फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको श’ व फेला परेको हो। एसपी मैनालीका अनुसार उक्त घरमा भित्रैबाट बन्द गरिएको थियो। श्रीमती बाहिर गएकी थिइन्।
उनी घर फर्किएपछि श्रीमान शौचालयमा झु’ न्डिएको र ७ वर्षीया छोरीको घाँटीमा धा’ रिलो ह’ तियार प्र’ हार गरिएको अवस्थामा मृ’ त फेला परेका हुन्। घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।
पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । छोरी शा’ रिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो उनमा रहने गथ्र्यो ।
भण्डारी पछिल्लो समय मानसिक रुपमा पनि केही ‘डिस्टर्ब’ जस्तो देखिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनै भण्डारीले शनिबार शा’ रिरीक रुपमा अशक्त सात वर्षीया छोरीको छुरा प्र’ हारबाट ह’ त्या गरी आफूले पनि आ’ त्मह’ त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
कोठाभित्रै उनले पहिला छोरीको ह’ त्या गरेर पछि आफूले पासो लगाएर आ’ त्मह’ त्या गरेको देखिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृ’ दयविदारक दृश्य फेला परेको थियो ।
लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको ह’ त्यापछि आ’ त्मह’ त्या गरेको देखिएको बताए ।उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए ।
घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सु’ साइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चि’ न्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋण लगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।