काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता भागबण्डामा आफ्नो भागमा परेको गृह मन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिने विषयमा कुरा भइरहेको बताएका छन् । माओवादी केन्द्रको आज स्थायी समिति बैठकसमेत बसेको छ । प्रचण्डले गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै दिएको दुई दिने अल्टिमेटमबारे कुरा भइरहेको बताउँदै समस्या समाधान हुने बताएका छन् ।

पार्टी र सत्ता गठबन्धनमा कुरा भइरहेको र उक्त विषय समाधान हुने उनको भनाइ छ । रास्वपाले दिएको दुई दिनको समय आज सकिँदैछ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’ रास्वापाले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको समय दिएको थियो। सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै उनको सांसद पद खारेज गरेको थियो।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चको संवैधानिक इजलासले माघ १३ गते उनको नागरिकता अवैध रहेको ठहर गरेको थियो। सर्वोच्चको उक्त फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदसमेत गुमाएका थिए।

त्यसपछि उनले प्रक्रिया पुर्‍याएर आइतबार नेपाली नागरिकता लिएका थिए। नागरिकता लिएसँगै उनले प्रधानमन्त्रीसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन दबाब दिँदै आएका छन्। उनको मागमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक छन्। तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा थिए ।

जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो । रास्‍वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी थियो। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर्‍याएको थियो। त्यसपछि उनले नागरिकता पुन:प्राप्ति गरेका थिए। रास्वपाले गृह मन्‍त्रालय पाए सांसद वा गैरसांसदलाई पठाउने निर्णय गरिसकेको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *