एजेन्सी । झट्ट पढ्दा यो शीर्षक उत्ति पत्यारिलो लाग्दैन, हँसीमजाक र ठट्टा गरेझै प्रतीत हुन्छ । तर छिमेकी देश भारतमा ५०० केटी (छात्रा) सहभागी परीक्षामा सामेल एक मात्र केटा (छात्र) अत्तालिएर बेहोस भई ढलेको खबर प्रकाशमा आएको छ ।

बेहोस भएर ढलेका उनलाई बौराउन अस्पताल नै लैजानु परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।इन्टर मिडियट तहको परीक्षा दिने क्रममा भारतको नालन्दामा मनिष शंकर नाम गरेका १७ वर्षीय किशोर केटीकेटी देखेर अत्तालिएर बेहोस भई ढलेका हुन् ।

नालन्दा बिहारको ३८ जिल्लामध्ये एक हो ।अल्लामा इकबाल कलेजमा अध्ययनरत शंकरको परीक्षा केन्द्र नालन्दाको ब्रिलियन्ट कन्भेन्ट स्कुल, सुन्दर गढमा पारिएको थियो । परीक्षाको पहिलो दिन उनी निर्धारित समयमा नै परीक्षा दिन गएका । विषय थियो, गणित ।

परीक्षा हलमा ५०० केटी रहे पनि केटा भने मनिष मात्र थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, परीक्षा हलको सिटमा बसेलगत्तै मनिष भने बेहोस भएर ढलेका थिए । मनिषका काकाले परीक्षा हलमा केटीकेटी देखेपछि आफ्नो भतिजो कहालिएर बेहोस हुन पुगेको बताएका छन् ।

परीक्षार्थी बेहोस भएर ढलेपछि त्यहाँ सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले अस्पताल पुर्याएका थिए । जहाँ प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा फर्किए ।समाचारहरूमा जनाइएअनुसार यो परीक्षाका लागि छात्र र छात्राको परीक्षा केन्द्र अलग–अलग तय गरिएको थियो ।

नालन्दामा अन्तर परीक्षाका लागि ४१ परीक्षा केन्द्र तोकिएको छ । बिहार शरीफमा ३२, राजगीरमा ४ र हिल्सामा ५ वटा परीक्षा केन्द्रमध्ये छात्राका लागि १८ र छात्रका लागि २३ स्थापना गरिएका छन् । छात्राका लागि बिहार शरीफमा ९, राजगीरमा ४ र हिल्सामा ५ परीक्षा केन्द्र तोकिएको छ ।

ती छात्राका लागि बनाइएको विशेष परीक्षा केन्द्रमा यो केन्द्र समावेश छ । खासमा मनिषको केन्द्र छात्रका लागि तय गरिएकोमा पर्नुपर्ने थियो । तर बिहार विद्यालय परीक्षा बोर्डको त्रुटिले छात्रा भए ठाउँमा पर्न गएको जनाइएको छ ।एजेन्सी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *