काठमाडौं -सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसामा सांसद पद गएपछि पनि मन्त्री हुने कोशिश असफल भएपछि रवि लामिछानेले सरकारमा सहभागी ३ ज ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन ।

आइतबार विहान प्रधानमन्त्री प्रचण्डसंग भएको छलफलमा आफूलाई मन्त्री बनाउन जति कोशिश गरेपनि प्रचण्ड तत्काल दोहाोरो राहदानी विवाद समाधान नभएसम्म मन्त्री बनाउन नसक्ने बताएपछि रविले आफ्ना मन्त्री सरकारबाट फिर्ता बोलाउने निर्णयमा पुगेका छन् ।

प्रधानमन्त्रीसंगको भेट लगत्तैसामजिक सञ्जालमामार्फत लामिछानेले आज बस्ने पार्टीको बैठकले ठोस निर्णय लिने र लगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन्।

उनले लेखेका छन्पा र्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।

लामिछानेले ररकारबाट मन्त्री फिर्ता गर्न प्रधानमन्त्री प्रचण्डले रास्वपामा गृहमन्त्री चलाउन सक्ने मान्छे कोही नभएको भन्दै हेपेको भनेर आफ्ना सांसद र केन्द्रीय सदस्यहरुलाई उत्तेजित बनाएका छन् । समाचार स्रोतका अनुसार प्रधानमन्त्रीसंगको भेटमा लामिछानेले आफुले रास्वपाका मन्त्री सरकारबाट फिर्ता बोलाउने तर राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने भन्दै हिंडेका थिए ।

प्रधानमन्त्रीस् प्रचण्डले गृहको बदलामा रोजेको मन्त्रालय लिएर पार्टीका कुनै सांसदलाई मन्त्रीमा पठाउन गरेको प्रस्तावलाई लामिछानेले अस्वकिार गरेका थिए । लामिछानेले आफू सरकारमा सहभागी हुन नपाउने हो भने आफ्ना कोही पनि मन्त्री नहुने भन्दै लामिछानेले प्रधानमन्त्रीलाई आफ्नो निर्णय सुनाएका थिए ।
रास्वापाको पार्टीको शनिबार राति बसेको आकस्मिक बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्दैछ ।

सर्वोच्च अदालतले नागरिकता मुद्दामा उनलाई अनागरिक ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट उनी हट्नुपरेको थियो। तर रास्वपाले गृहमा आशक्ति देखाइरहेको छ। लामिछानेले आफूले बनाएको पार्टीबाट आफू बाहिर बसेर कोही मन्त्री बन्न नसक्ने स्पष्ट गरिदिएका छन् ।

रविको आजको पत्रकार सम्मेलनले एमाले–माओवादीको गठबन्धन पनि राजनैतिक रुपमा टुट्टने तहमा पुगेको छ। तर पनि प्राविधिक रुपमा दुई हप्ताजति एमाले–माओवादी गठबन्धन रहनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *