काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। उक्त बैठकले सरकारमा रहने वा नरहने विषयमा छलफल गरेको थियो ।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

एक नेताका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ ।सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्।

मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।अब रास्वपाका मन्त्रिहरुले आज नै प्रधानमन्त्री सामु सामुहिक राजीनामाको पत्र समेत बुझाउने छन् ।सरकार बाट बाहिरिने निर्णय पछी पत्रकार सम्मेलन मा बोल्दै आफुले कहिल्यै गृहमन्त्रालय चाहिन्छ भनेर समेत नभनेको बताए ।

सिधाकुराले हिजो नै आजको बैठकले आफ्ना सरकारमा रहेका मन्त्रि फिर्ता बोलाउने समाचार लेखि सकेको थियो ।उता सत्तारुढ दल एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्धको सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन ।आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सवोच्च अदालतको फैसलाले कसलाई न्याय मिल्यो भन्दै प्रश्न गरे ।

उनले न उजुरी कर्तालाई फाइदा पुगेको न अरु कसैलाई न्याय मिलेको तर सम्मानित अदालतको फैसलालाई मान्दिन भन्ने नपाउने उनले बता । तर, यो फैसलाले राज्यलाई नाफा नभएर घाटा भएको उनको टिप्पणी थियो । एउटा प्रक्रियागत त्रुटिमा किन यस्तो फैसला भयो भन्ने आफूलाई लागिरहेको उनले बताए ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन ।निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ?,”

उनले भने, “निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?”उनले अदालतको फैसलाले कसलाई न्याय भयो भन्दै आपत्ति जनाएका छन् ।“फैसलाले न्याय भयो कि भएन ? लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? फैसलामा कसले पायो न्याय ? यसको जानकारी चाहिँदैन ?,”

ओलीले भने, “संस्था, व्यक्ति कि समुदाय ? बुझिनसक्नुखालको भयो । रवि लामिछानेसँग मेरो कुनै सम्बन्ध छैन ।नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको पनि होइन । तर एउटा नागरिकको हैसियतले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म नागरिकता के हो ? नागरिकता के भयो ? मैले राम्रो बुझेको छैन ।

आइतबार बेलुका फेरि पुरानै मितिको पुरानै नागरिकता जारी छ ।”उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए ।“कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ?,” ओलीले भने, “किन यस्तो फैसला ?

अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ ।उमेदवार हुने अधिकार पनि त होला नि ? हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ ? त्यो बीचमा ? आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ?

गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ?”नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशमा कुनै वैकल्पिक शक्ति नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खोज्नु जनताको पक्षमा नहुने बताए ।

ओलीले भने, ‘देशको विकास र सुशासन चाहिएको छ । त्यही काम अहिलेको सरकारले गर्छ । सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन ।’उनले राम्रो काम गरेको दृष्टान्त भएको कुनै वैकल्पिक शक्ति अहिले देशमा नभएको दाबी गरे ।

ओलीले भने, ‘हामीले यो गरेका छौं । हाम्रो नीति र व्यवहार यो छ । यसमा हामी उत्कृष्ट छौं भन्ने अर्को कुनै दल छैन ।’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देश विकास नदेखेको र नसोचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकाले नै अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउने जिकिर गरे ।अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगत सरकारकै कारण मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *