नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजेल र मट्टिटेलमा प्रतिलिटर रु ३ का दरले मूल्य बढाएको हो ।

आयल निगमले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट ०१ फेब्रुवरी, २०२३ ( माघ १८, २०७९) मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा रु. ८।१ प्रति लिटर डिजेलमा रु. ७।९८ प्रति लिटर मट्टितेलमा रु. ४।६१ प्रति लिटर र हवाई इन्धनमा रु. ७।८० प्रति लिटर बढेर आएकोले मूल्य समायोजना गरिएको जनाएको छ ।

निगम व्यवस्थापनको आज बसेको बैठकको निर्णय अनुसार सोमबार राती १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. ३ ले बढाउने निर्णय भएको हो ।

आज रातीदेखि पेट्रोलको मूल्य प्रतिलिटर रु १७८ र डिजेल र मट्टिटतेलको मूल्य १७६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

पेट्रोल र डिजेलको मूल्य बढेतापनि हवाई इन्धन र खाने पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *