बिना लगानी जाने हो बेलायत ? सिजनल भिसामा अब पैसा लाग्दैन
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी ‘सिजनल भिसा’मा जाने कामदार शून्य लागतमा पठाउनुपर्ने बताएको छ ।
स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाहरुले दक्षिण कोरियालगायतका देशहरुसँग भगिनी सम्बन्ध कायम गरी आफुखुशी मौसमी कामदार पठाउने तयारी गरेपछि
मन्त्रालयले वैदेशिक रोजगारमा कामदार पठाउने एक मात्र आधिकारिक निकाय श्रम मन्त्रालय भएको बताएको थियो ।
पछिल्लो समयम कोरिया, जर्मनी र बेलायतजस्ता देशले मौसमी कामदार माग गरेपछि मन्त्रालय उनीहरुलाई श्रम स्वीकृति दिने वा नदिने अन्योलमा छ ।
वैदेशिक रोजगार ऐन तथा नियमावलीमा कम्तीमा दुई वर्ष अवधिको श्रम स्वीकृति दिने प्रावधान छ ।
मौसमी कामदारको श्रम स्वीकृति सम्बन्धी निर्देशिका नै बनाएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव अर्यालले मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धित निर्देशिका तयार गरी मन्त्रिपरिषदमा पठाएको र मन्त्रिपरिषदले पास गरेपछि वैधानिकरुपमा नेपाली कामदार छोटो समयको भिसामा वैदेशिक रोजगारमा जान पाउने उनले बताए ।
स्थानीय तहहरुले कामदारको छनोट गरेपनि त्यसको सम्पूर्ण विवरण मन्त्रालयमा पठाउनुपर्ने सचिव अर्यालको भनाइ छ ।