दक्षिण कोरियाले २०२३ देखि ई-७-४ भिषा दिने मापदण्डमा हेरफेर गरेको छ । २०२३ देखि ई-९ भिषामा ४ बर्ष कोरियामा काम गरेकाले ई-७-४ भिषाको लागी आवेदन दिन पाउने भएका छन ।
२०१८ भन्दा अगाडि पनि ४ बर्ष कोरियामा बसेकाले ई-७-४ भिषाको लागि आवेदन दिन पाउने व्यावस्था थियो त्यो ब्यबस्थालाई २०१८ देखि हटाएर ५ बर्ष पुरा भएकाले मात्रै आवेदन दिन पाउने ब्यबस्था गरेकोमा पुन स् २०२३ जनवरी दिल्ली लागू हुने गरेर ४ बर्ष अवधी पूरा गरेकाले ई-७-४ भिषाको लागि आवेदन दिन पाउने बनाएको छ ।
यस्तै मौसमी कामदारको प्रक्रिया पूरा गरेर कोरियाको स्थानीय निकाय र अन्य देशको स्थानिय निकायबिच सम्झौता गरेर मौसमी कामदार भित्र्याउदै आएको दक्षिण कोरियाले नेपाली कामदारलाई पनि भित्र्याउने निर्णय गरेको थियो ।
त्यो बमोजिम मौसमी कामदार सम्बन्धी अध्यागमन विभागका निर्देशक इसुङ्ह्यन कोरियाको सौल स्थित नेपाली दुतावास सम्झौता पत्र बोकेर पुगेका थिए ।
स्थानिय निकायसंग सम्झौता गरेर व्यावस्थित तवरले मौसमी कामदार ल्याउनको लागि सबैभन्दा पहिले नेपाली राजदुतावाससंग स्वीकृती लिनुपर्ने प्रावधान भएकोले इसुङ्ह्युन दुतावास पुगेको बताए ।
नेपाल सरकारले कोरियामा गएका मौसमी कामदार कोरियामै लुकेर बस्ने गरेको तथ्यलाई आधार मान्दै भविस्यमा वैधानिक माध्यमबाट लामो समय रोजगारी दिईरहेको इपिएस प्रणालीमा आउने असरलाई मध्यनजर गर्दै तथा स्थानिय निकायले दलाल मार्फत मनोमानी ढंगबाट जनता ठगिरहेको सुचनाका आधारमा कोरियामा मौसमी कामदार नपठाउने निर्णय गरेको छ ।
त्यो निर्णयको आधारमा दूतावासले मौसमी कामदार सम्बन्धि सम्झौता गर्न नमानेको अध्यागमनका निर्देशक इसुङ्ह्युनले जनाएका छन ।
एक बर्षभित्रमा कोरिया प्रबेश गरेका मौसमी कामदारको ७०% भन्दा बढि अ’वैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी कामदार ल्याउन ३ वर्ष प्रति’बन्ध लगाउने नियमको बारेमा बुझ्दा अझैसम्म नेपाललाई मौसमी कामदार भित्र्याउन प्रतिबन्ध नलागेको तर नेपाल सरकारले नै नपठाउने भनेपछी नेपाल सरकारको निर्णयमा परिवर्तन भएको खण्डमा त्यो बेला सोच्न सकिने जनाए ।