इस्तानबुल । टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ । तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७=८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन । ‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन,’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए । साथै, टर्कीमा सोमवार गएको भूकम्पपछि हराएका भनिएका अर्का खेलाडी विंगर क्रिस्टियन अत्सु भने फेला परेका छन ।

मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।

अस्तु सम्पकबिहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको िथयो । सोमबार टर्की र सिरियामा ७।८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो । सो भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *