सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
अन्तत: शर्मिला वाईबाले ऋषि धमलासँग मागिन् माफी भनिन् – मलाई र ऋषिलाई सिध्याउन गिरोह नै लागेको छ
काठमाडौं। शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । आज फेरी एक भिडियोमा अन्र्तवार्ता दिँदै उनले माफी मागेकी छन् । उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको तर त्यस्तै कुनै सम्बन्ध नभएको बताएकी छन्् । आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको बताउदै उनले धमलालाई सिध्याउन गिरोह लागेको समेत बताएकी छन् ।
धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जिकिर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको समेत बताइन् । उल्टै उनले आफु माथि मानहानी समेत भएको बताएकी छन् ।
सोमबार अन्र्तवार्ता भरी ऋषि धमलालाई गाली गरिेकी उनले आज फेरी एकाउक बोली फेरेकी हुन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको तथा भन्दै उनले आक्रोश समेत पोखेकी छिन् ।
उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको र आफू र ऋषिलाई सिध्याउने डिजाईन भएकोपनि खुलासा गरेकी छिन् । उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग माफी माग्दै अब देखी यस्तो नबोल्ने बताएकी हुन् ।