महोत्तरी । नक्कली आमा-बुबा खडा गरेर नेपाली नागरिकता लिन खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी प्रहरीले आफ्ना मामा माइजुलाई बुबा(आमा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर –१० बस्ने बुवा धर्मेन्द्र कुमार र आमा शैल देवीका छोरा १८ वर्षीय आकाश कुमार साह रहेका छन् ।

महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा-आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेका आकाश कुमार साहलाई नागरिकता बनाउनु अगाडि सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेटिएको हो ।

कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *