चीनले पाकिस्तान र श्रीलंकामा लगानीलाई सुस्त बनाउने

पाकिस्तान र श्रीलंकाको आर्थिक र राजनीतिक उथलपुथलले यी देशहरूमा चिनियाँ लगानीलाई प्रतिकूल असर गरेको देखिन्छ। चिनियाँ नीति निर्माताहरू स्पष्ट रूपमा आफ्नो लगानीलाई लिएर व्यापारिक र रणनीतिक दुवैको बारेमा चिन्तित थिए। चाइना ग्लोबल इन्भेस्टमेन्ट ट्र्याकर (सीजीआईटी)का अनुसार चीनले श्रीलंकामा १५ अर्ब डलर र पाकिस्तानमा ६६ अर्ब डलर लगानी गरेको छ । चिनियाँ BRI को प्रमुख घटक […]

Continue Reading

रुसले छोड्यो आणविक क्षेप्यास्त्र

काठमाडौ‌ । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो । […]

Continue Reading

मोदीका पछाडि लाखौँ महिला !

हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ अझै पनि प्रख्यात छ । र यसै अनुसार हालै सम्पन्न चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी, भाजपाको सफलताका पछाडि पनि लाखौँ महिलाहरु भएको विश्वास गरिन्छ । केही समय अगाडि गरिएको दुई अध्ययनमा फेब्रुअरी–मार्चमा सम्पन्न चुनावमा भारतीय जनता पार्टीलाई मत हाल्नमा पुरुषहरु भन्दा महिलाको सङ्ख्या धेरै रहेको […]

Continue Reading

टिकटक स्टारलाई तीन वर्षको जेल सजाय

इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । इजिप्टकी २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडियो सेयरिङ् प्लेटफर्ममार्फत पैसाको लागि केटीको शोषण गरेको आरोप लागेको हो । उनले भने सो आरोप अस्वीकार गरेकी छन् । अप्रिल २०२० मा आफ्ना महिला अनुयायीहरूलाई अर्को भिडियो साझेदारी […]

Continue Reading

श्रीलंका ५१ अर्ब डलर विदेशी ऋण तिर्न असफल

आर्थिक संकट झेलिरहेको श्रीलंकाले मंगलबार ५१ अर्ब डलरको वैदेशिक ऋण चुक्ता गर्न असफल भएको बताएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार श्रीलंकाले यस अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यही नै अन्तिम उपाय भएको बताएको छ । श्रीलंकाले स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ। खाद्यान्नदेखि इन्धनसम्म सबै सकिएको छ […]

Continue Reading

को हुन् पुटिनले भित्र्याएका सेनाका नयाँ कमान्डर ? जो शत्रु हराउन बलात्कार, देखि रासायनिक हमला जस्ता क्रुर अस्त्र प्रयोग गर्छन् !

युक्रेन युद्धको नेतृत्व गर्न रुसका राष्ट्रपति भलादमिर पुटिनले हालै नियुक्त गरेका जेनेरल एलेक्जेन्डर डिभोर्निकोभबारे यतिबेला अन्तर्राष्ट्रिय समुदायमा व्यापक चर्चा भइरहेको छ । दोस्रो चेनचेन युद्धदेखि नै उनलाई ‘बुचर’का नामले बोलाइँदै आएको छ । अर्थात उनी निर्दयपूर्वक मारकाट गर्नका लागि कुख्यात छन् । ६० वर्षीय जेनेरल एलेक्जेन्डर रुसका सबैभन्दा अनुभवी, क्रुर र कडा सैन्य व्यक्तित्व हुन् […]

Continue Reading

स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी, भन्यो ‘नेटोको सदस्यता नलिऔं’

काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ […]

Continue Reading